पोखरा रोयल सहकारीले सुरु गर्यो एटिएम सेवा

पोखरा, ८ माघ
पोखरा रोयल सहकारी संस्थाले एटिएम सेवा संचालनमा ल्याएको छ ।
संस्थाको प्रधान कार्यालय बुद्धचोक पोखरासँगै संचालनमा आएको एटिएम सेवाको सोमबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भूमी ब्यबस्था, कृषी तथा सहकारी मन्त्री लेखबहादुर थापाले सुभारम्भ गरे ।
उक्त अवसरमा मन्त्री थापाले सहकारीले पछिल्लो समय आधुनिक बन्ने क्रम तिब्र भएको बताए । सहकारीले समय सापेक्ष परिवर्तन हुदै अगाडि बढनु पर्ने र वित्तीय कारोवार गर्ने सहकारीको लागि एटिएम सेवा अपरिहार्य रहेको बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले एटिएम सेवा संचालन गर्नु सहकारी क्षेत्रका लागी गौरवको बिषय भएको बताए ।
संस्थाका सचिव तथा नेफ्सकुनका संचालक भीमबहादुर गुरङले आफ्ना शेयर सदस्यहरुको हितलाई ध्यान दिएर सहकारीलाई आधुनिक तथा थप प्रविधि मैत्री बनाउने क्रममा एटिएम सेवा संचालनमा ल्याएको र एटीएम मेसिन आफ्नै राखी सेवा प्रदान गर्ने कास्की जिल्लामा पोखरा रोयल साकोस पहिलो भएको बताए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार