साना किसानको ईलाका कार्यालय वीरेन्द्रनगरमा

सुर्खेत, ६ माघ
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको कर्णली प्रदेशका लागि स्थापित ईलाका कार्यालय, विरेन्द्रनगर, सुर्खेतको उद्घाटन कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् ।
एक्सेस सक्षम टु फाइनान्सको साझेदारीमा ‘साना किसान कृषि सहकारी संस्था लिमिटेडको डिजिटाइजेशन तथा नेपालको कर्णाली प्रदेशमा वित्तीय विस्ता’ नामक परियोजनाको सहयोग समेत रहेको ईलाका कार्यालयले कर्णाली प्रदेशमा ४० वटा नयाँ साना किसान कृषि सहकारी संस्थाको निर्माण गर्ने र हाल भई रहेका ४४ साना किसान सहकारी संस्थाको क्षमता वृद्धिका लागि कार्य गर्नेछ ।
कर्णाली प्रदेश की भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विमला के.सी.ले किसान धेरै भएपनि उत्पादन कम भएको प्रति चिन्ता जनाउँदै साना किसानमा आवद्ध किसानले उत्पादनलाई वृद्धि गर्न सुझाव दिईन । किसानका उत्पादनको बजारीकरणमा प्रदेश सरकारले सहयोग गर्ने कार्यक्रम ल्याउने समेत जानकारी सो अवसरमा दिईन ।
उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्य मन्त्री माननीय महेन्द्रबहादुर शाहीले पर्यटन र कृषि कर्णाली प्रदेशका विकासका मुख्य दुईआधार भएको बताए ।
कार्यक्रममा मुख्य मन्त्री शाहीद्वारा साना किसान कृषि सहकारी संस्था लि. उत्तरगंगा र लाटीकोहीलीलाई ५०, ५० लाखको ऋण स्वीकृतको चेक हस्तान्तरण गरे ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड २००१ को जुलाईमा स्थापना शीर्ष लघुवित्त वित्तीय संस्था हो । जसले मुख्यतः साना किसान कृषि सहकारी संस्था र सो समानका अन्य संस्थाहरूलाई थोक कर्जा प्रदान गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार