एक महिनामा सहकारीले बेच्यो एक करोडको सुन्तला

रत्ननगर :
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तामिन कृषि बहुउदेश्य सहकारीले एक महिना मै एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । सहकारीले गत मङ्सिर २० देखि पुस १९ सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो ।
“मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्न शुरु गरेका थियौँ, अहिलेसम्म एक करोडको सुन्तला बिक्री भएको छ” सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भने । उनका अनुसार सहकारीमा आबद्ध ८५ कृषक सदस्यले ८० बिघा जमीनमा सुन्तला खेती गरेका छन् ।
गत वर्ष सहकारीले २ करोड बराबरको सुन्तला बिक्री गरेको थियो । उनले भने, “अहिले एक महीनामै एक करोड नाघेको छ, अझै एक महीना बाँकी छ, २ करोड सजिलै पुग्छ ।”
“बोटबाटै आधाआधी जती सुन्तला बिक्री भइसकेको छ, माघको दोस्रो हप्तासम्म सुन्तला बिक्री गरिन्छ”, अध्यक्ष नेपालले भने, “तामिन सहकारीबाट मात्र यस वर्ष २ करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान छ ।”
उक्त सहकारीमा आबद्ध तामिन, ठङराङ, साठीमुरे, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले १० बिघासम्ममा सुन्तला खेती गर्दै आएका छन ।
सहकारीले सुन्तलाको पकेट क्षेत्रअन्तर्गत बेलाबेलामा तालीम दिनाका साथै सुन्तलाको बिरुवासमेत वितरण गरेको थियो । यसबाट किसानको आर्थिक अवस्थामा पनि सुधार भएको उनको भनाइ थियो ।
सहकारीमा आबद्ध किसानले आफूखुशी सुन्तला विक्री गर्न पाउँदैनन सहकारीमार्फत नै सुन्तला बिक्री हुँदै आएको छ । “किसानले सहकारीमा सुन्तला ल्याउँछन, तौलन्छन अनि सहकारीले व्यवसायीलाई बिक्री गर्छ” उनले, “किसानका सुन्तला सहकारीमार्फत नै उचित मूल्यमा बिक्री भइरहेका छन ।”
सुन्तला किसानका अनुसार ग्रेड नगरेको सुन्तला यतिबेला प्रतिकिलो ६५ देखि ७० रुपैंयामा बिक्री भइरहेको छ भने ग्रेड गरेको सुन्तला प्रतिकिलो एक सय रुपैंयामा बिक्री भइरहेको छ । तामिनको सुन्तलाको मुख्य बजार मुग्लिन हो । गोर्खा, लमजुङ, चितवन र पूर्वका जिल्लामा समेत त्यहाँको सुन्तला पुग्छ । दुई वटा पात भएको सुन्तला तामिनको सुन्तला भन्ने बुझिन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार