महेश्वर महर्जनलाई शैलभा सहकारीको सम्मान

काठमाडौं, २८ पुस
शारीरिक सुगठन खेलाडी महेश्वर महर्जन सम्मानित भएका छन् ।
नेपालका लागि अन्तराष्ट्रिय शारीरिक सुगठ प्रतियोगितामा पहिलो स्वर्ण पदक विजेता महेश्वरलाई शैलभा बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको हो ।
शुक्रबार शैलभाको १० औं वार्षिक साधारणसभाबाट ‘शैलभा सेवा सम्मान–२०७५’ बाट नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत र शैलभाका अध्यक्ष बिक्रम श्रेष्ठले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
महर्जनले थाइल्याण्डको चाङमाइमा गत डिसेम्बरमा भएको १० औँ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ किलो तौलमा स्वर्ण पदक जितेका थिए ।
त्यस्तै उपासना महिला सहकारीका अध्यक्ष अमरावती महर्जन पनि सम्मानित भएकी छिन् । शैलभा सहकारीले सदस्यहरुलाई सितापाईला र न्युरोडबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । १० बार्षिक साधारणसभासम्म आईपुग्दा संस्थाले करिब ५० करोडको कारोबार गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार