सहकारीबाट ठगिएकाले सडक आन्दोलन गर्दै, सहकारीप्रतिकाे विश्वास झनै घट्दै !

काठमाडौं, २७ पुस
ओरेन्टल सहकारी पीडित हकहित संरक्षण समितिको आयोजनामा ओरेन्टल सहकारी पिडित निक्षपकर्ताहरुको विशेस भेला ललितपुरमा भएको छ ।
साँखु, भक्तपुर, इटहरी, विराटनगर, पोखरा पश्चात् देशव्यापी विशेष भेला ललितपुरमा सम्पन्न भएको हो । पिडितहरुले आयोगले आफुहरुको सम्पति निक्षेप रकम दिन नसकेको भन्दै उक्त विशेष भेला बोलाएका समितिकी अध्यक्ष कुन्ति पोख्रेलले बतार्इन ।
ललितपुर भेलामा बहुसंख्यक पिडितहरुले आयोगको कार्यप्रगति असन्तुस्टी जनाएका छन् । पिडितहरुले आफुहरुलाई अहिले सम्म आयोगले न्याय दिन नसकेको, निक्षेप फिर्ता आउने विस्तृत कार्य योजना प्रस्तुत गर्न नसकेको, हचुवाको भरमा मौखिक रुपले छानबिन गरेको, पटक पटक छानबिनमा अल्झ्याइ रहेको आरोप लगाएका छन् । साथै उनीहरुले पीडितहरुलाई अझ पीडा थप्ने कार्य गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आयोगले विस्तृत कार्ययोजना सहित निक्षेप रकम फिर्ता दिन नसकेको खण्डमा हामि पिडितहरु सडक संघर्षमा उत्रन बाध्य हुने पिडितहरुले बताएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार