इश्वर पोखरेलको निवासमै किन पुगे सहकारी बैंकका नयाँ नेतृत्व ?

ललितपुर, २७ पुस
उप–प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपाल सरकारले ल्याएको सुखी नेपालीः समृद्ध नेपालको नारालाई व्यवहारिक रुपमा कार्यान्वयनका लागि सहकारी क्षेत्रको भूमिका प्रभावकारी हुने बताएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई बिहीवार आफ्नै निवासमा वधाई ज्ञापन गर्ने क्रममा उनले यस्तो बताए ।
सरकारले ल्याएको नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयनका लागि सहकारीको गतिलाई तिब्र पानु पर्नेमा जोड दिदै उहाँले सहकारी क्षेत्रमो रहेको श्रम, सीप र पूँजिलाई उत्पादन र रोजगारी निर्माणमा केन्द्रीत गर्न सुझाव दिए ।
सहकारी क्षेत्र वृहत बनी सकेको, पूँजि निर्माणको क्षेत्रमा यसले राम्रो काम गरेको स्मरण गर्दै उपप्रधानमन्त्री पोखरेलले अब समाजवाद निर्माणको अभियानमा सहकारी राज्यको अत्यन्तै सहयोगी र समन्वयकारी निकायका रुपमा स्थापित हुने गरी काम गर्न सहकारीकर्मीहरुलाई आग्रह गरे ।
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष के.बी.उप्रेतीले सहकारीलाई अर्थतन्त्रको तीन मध्ये एक खम्बाका रुपमा उल्लेख गरिए पनि सो अनुसारको व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै सहकारी क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरे । सहकारी क्षेत्रलाई उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रीत गरी रोजगारी सिर्जना गर्न सहकारी बैंकले पहल प्रयत्न गरिरहेको भन्दै उहाँले थप प्रभावकारी बनाउनका लागि राज्यका तर्फबाट सहकारी क्षेत्रमा गरिने लगानी सहकारी बैंक मार्फत गर्न माग गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार