सहकारीलाई शसक्त बनाउन हातेमालो गरौंः मन्त्री अर्याल

ललितपुर, २३ पुस
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारी क्षेत्रलाई सबल र सक्षम बनाउन सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई मंगलवार आफ्नै निवासमा वधाई ज्ञापन गर्दै उनले यस्तो बताएकी हुन् । देशलाई समाजवादतर्फ लैजानका लागि सहकारीको महत्वपूर्ण भूमिका रहने भएकाले देशभरका सहकारीलाई सक्षम बनाउनका लागि मन्त्रालयले सहकारी बैंकसंग समन्वय गरेर काम गर्ने बताईन ।
सहकारी मन्त्री अर्यालले बैंकका सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई ज्ञापन गर्दै ४ वर्षे कार्यकालमा सहकारी क्षेत्रलाई समाज रुपान्तरणको महत्वपूर्ण माध्यमका रुपमा स्थापित गर्ने गरी क्रियाशिल हुन सुझाव दिएको बैंकका सञ्चालक रामबहादुर जि.सी.ले जानकारी दिए ।
बधाई ग्रहणपछि बोल्दै राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष के.बी.उप्रेतीले सहकारीहरुलाई शिक्षा तालिम, प्रविधि र वित्तीय सहयोग दिन सकेमा देशको आर्थिक अवस्थामा सुधार ल्याउन सहकारीको भूमिका प्रभावकारी हुने धारणा राख्नु राखे ।
राज्यले सहकारी क्षेत्रमा परिचालन गर्ने सम्पूर्ण बजेट सहकारी बैंकमार्फत परिचालन गर्ने नीति बनाएर अगाडि बढ्नु पर्ने सुझाव समेत दिए । सहकारीलाई सक्षम बनाउनका लागि बैंक निरन्तर लागि परेको भन्दै उनले सरकारसंग समन्वय गरेर अगाडि बढ्न बैंकको वर्तमान सञ्चालक समिति प्रतिवद्ध रहेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार