साकोस म्यानेजर्स क्लबको संयोजकमा मदन बस्नेत

एघार सदस्यीय बन्यो म्यानेजर्स क्लब
काठमाडौं, २३ पुस
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा सोमबार काठमाडौंमा ‘नेफ्स्कून साकोस म्यानेजर्स क्लब’ शुभारम्भ तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
२०६९ सालमा गठित साकोस म्यानेजर्स क्लबका अध्यक्ष चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले सामुदायिक साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतलाई नेफ्स्कून साकोस म्यानेजर्स क्लबको जिम्मेवारी सहित पद हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नेफस्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले नेफ्स्कूनको अभियानलाई स्तरीय बनाउन र संस्थागत वित्तीय दीगोपन कायम राख्न क्लबको पहलकदमी रहनेछ भन्दै अब बचत तथा ऋण सहकारी संस्थामा उद्यमशीलता विकास गर्न नयाँ कार्यक्रमहरु सहित सन् २०२४ सम्ममा साकोस अभियानलाई पूर्ण प्रविधियुक्त बनाएर अगाडि बढ्न रणनीतिक मार्गचित्र तयार गरिएको बताए ।
साकोस म्यानेजर्स क्लबका निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठले २०६९ सालमा गठित क्लबका गतिविधिहरुको बारेमा जानकारी गराउँदै नेफ्स्कून साकोस म्यानेजर्स क्लब सञ्चालनका लागि कार्यविधि तयार भएको र अब बैज्ञानिक निर्वाचन प्रक्रियाद्वारा क्लबलाई अगाडि बढाईने बताए । क्लबले थिंक ट्यांकको रुपमा रहेर राष्ट्रिय नीति निर्माणको तह, नेफ्स्कूनको समग्र विकास, साकोस अभियानमा सकारात्मक परिवर्तन र मानव संशाधन विकासलाई सशक्त बनाउने दिशामा उल्लेखनिय भूमिका रहन सक्ने बताए ।
सामुदायिक साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले नेफ्स्कून साकोस म्यानेजर्स क्लबको संयोजकको रुपमा रहेर कार्य गर्ने अबसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै नेफ्स्कून र समग्र अभियानको अपेक्षालाई कमि आउन नदिने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मदन बस्नेतको संयोजकत्वमा नेफ्स्कून साकोस म्यानेजर्स क्लबको एघार सदस्यीय समिति बनेको छ । जसमा हाम्रो जनकल्याण साकोस दोलखाका व्यवस्थापक दीपक बस्नेत, जनचाहना साकोस मोरङका व्यवस्थापक टंक मच्कोटी, नवविकास साकोस रौतहटका व्यवस्थापक यज्ञ प्रसाद प्रसाई, शिखर साकोस सुर्खेतका व्यवस्थापक बसन्ता कुमारी रावत, कोलिय साकोस, रुपन्देहीका व्यवस्थापक विनोद पराजुली, सृजनशिल साकोस कञ्चनपुरका व्यवस्थापक मदन भट्ट, चन्द्रागिरी साकोस, काठमाडौंका व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ, मिलिजुली साकोस सिन्धुलीका व्यवस्थापक, महिला जागरण साकोस मकवानपुरका व्यवस्थापक अनिलकुमार केसी, परोपकार साकोस नवलपरासीका व्यवस्थापक जीवलाल लामिछाने रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार