५ वैशाख २०८३, शनिवार

सहकारी बैंकको नव निर्वाचित सञ्चालक समितिको पदस्थापन

२०७५ पुष २३, सोमबार
सहकारी बैंकको नव निर्वाचित सञ्चालक समितिको पदस्थापन

ललितपुर, २३ पुस

राष्ट्रिय सहकारी बैंकको १५ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका छन् ।
बैंकका निवर्तमान अध्यक्ष रमेश पोखरेलले नवनिर्वाचित अध्यक्ष के.बी. उप्रेतीलाई बैठक पुस्तिका हस्तान्तरण गर्दै पदस्थापन गराएका थिए ।
यस्तै लेखा समितिका निवर्तमान संयोजक कुलचन्द्र अधिकारीले नवनिर्वाचित संयोजक लक्ष्मीप्रसाद उप्रेतीलाई पदस्थापन गराए ।
पदस्थापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नया सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई ज्ञापन गर्दै सहकारीलाई मुनाफासंगै सामाजिक न्याय स्थापित गर्ने गरी काम गर्न सुझाव दिए ।

सहकारीको मर्म, भावना, लक्ष्य र उदेश्य अनुसार बैंकलाई सहकारी क्षेत्रको महत्वपूर्ण आधारका रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बैंकका नवनिर्वाचित अध्यक्ष के.बी.उप्रेतीले बैंकको सञ्चालक समिति र लेखा समितिले आ–आफ्नो जिम्मेवारी अनुसार प्रतिवद्ध भएर बैंकलाई देशभरका सहकारीकर्मीहरुको भरोसाको केन्द्रका रुपमा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बैंकका निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी बैंकको स्थापनादेखि हालसम्मको अवस्थामा ल्याउन थुप्रै चुनौतीहरुको सामना गरेको स्मरण गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउनका लागि नयाँ सञ्चालक समितिले सबै संग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रममा लेखा समितिका निवर्तमान संयोजक कुलचन्द्र अधिकारीले लेखा समितिको भूमिकालाई थप प्रभावकारी बनाउँदै अगाडि बढ्न सुझाव दिए ।

pppp
नव निर्वाचित लेखा संयोजक लक्ष्मीप्रसाद उप्रेतीले लेखा समितिले बैंकलाई थप प्रभावकारी बनाउनका लागि लेखा समिति सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।

बैंकको पुस २१ र २२ गते काठमाडौंमा सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट के.बी.उप्रेतीको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेती रहेको ३ सदस्यीय लेखा समिति निर्वाचित गरेको थियो ।

सञ्चालक समितिका सदस्यहरुमा सरिता भट्टराई, हरिहरनाथ योगी, रामबहादुर जि.सी, रामहरी बजगाई, ज्ञानबहादुर तामाङ, अमृता सुब्बा, पार्वती थापा मगर, केदार मानन्धर, ध्रुवनारायण यादव, माधवलाल देवकोटा, महेन्द्र कुमार गिरी, विश्वनाथ मण्डल, शिवा थापा र विजया धिताल निर्वाचित भए । लेखा समितिका सदस्यहरुमा मित्रराज दवाडी र तारा गुरुङ रहेका छन् ।

अभिलेख

लोकप्रिय