३१ असार २०८३, बुधबार

१५ प्रतिशत लाभांश वितरण गर्दै सहकारी बैंक

२०७५ पुष २३, सोमबार
१५ प्रतिशत लाभांश वितरण गर्दै सहकारी बैंक

 
coop bank dललितपुर, पुस २३ ।
राष्ट्रिय सहकारी बैंकले सेयर सदस्य सहकारी संघ/संस्थालाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको १५ औं वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्वत रुपले पारित गरेको छ ।
आर्थिक वर्ष २०७४/०७५ को कारोबारबाट संस्थाले २८ करोड ८९ लाख ७४ जार ५ सय ९२ रुपैयाँ नाफा गरेको बैंकले संरक्षित पूँजिकोष लगायत विभिन्न कोष कटाएर १४ करोड १० लाख ८२ हजार ७ सय ८ रुपैयाँ प्रस्तावित लाभांशबाट लाभांश दिने निर्णय गरेको हो ।
बैंकमा गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ४ करोड २२ लाख २२ हजार शेयर पूँजी, ४१ करोड ९७ लाख जगेडा तथा कोषहरु, १९ अर्ब, ९६ करोड २९ लाख ८८ हजार ७ सय ९ निक्षेप र १२ अशर्ब, ४४ करोड ८५ लाख २६ हजार २ सय २४ रुपैया कर्जा लगानी रहेको छ ।

अभिलेख

लोकप्रिय