म अध्यक्षबाटपछि हड्नु भनेको आम सहकारीकर्मीको अपमान गर्नु होः उप्रेती

सहकारी बैंकको अध्यक्ष पदको लागि कसरी योग्य हुनुहुन्छ ?
म सहकारी महासंघमा पनि २ कार्यकाल बसेर काम गरे । जिल्ला सहकारी संघ, काठमाडौंको पनि दुई पटक अध्यक्ष भएँ । दुई कार्यकालभन्दा पनि कुनै पनि निकायमा बस्नु हुन्न भन्ने मान्यता मेरो रहेको छ । सञ्चालक कार्यकारी बस्न नपाउने गरी ऐन आएको र कार्यान्वय गरेको हुँ । म सँग दुई वटा मात्र विकल्प थिए । एउटा अध्यक्ष हुने । र, अर्को बाहिर बसेर सहयोग गर्ने । मुलकभरका आम सहकारीकर्मीको माग अध्यक्ष बन्नु पर्छ भन्ने भयो । बैंकलाई अघि बढाउन केबी उप्रेतीकै आवश्यक छ भन्ने माग भयो । सबै क्षेत्रबाट अध्यक्ष बन्नको लागि प्रेसर भयो र मैले बाध्य भएर उम्मेदवारी घोषणा गरेको हुँ ।
सहकारी बैंक र सहकारी अभियानका लागि अध्यक्षको उम्मेदवार भएको हुँ । १५ वर्षदेखि यही बैंकमै छु । अभियानलाई नै आवश्यकता परेको हुँदा मैले उम्मेदवारी दिन लागेको हुँ । आम सञ्चालकको चाहना पनि मै बन्नु पर्छ भन्ने हो । सहकारीकर्मीको चाहनालाई मैले आत्मसाथ गर्नै पर्छ । त्यही भएर घोषणा गरेर अघि बढेको हुँ ।
सर्वसम्मत नेतृत्व चयनको सम्भावना छ ?
अहिले नै भन्न सक्ने अवस्था छैन । सबै साथीहरु २१ गते आउनु हुन्छ । जो कोही सदस्यले पनि उम्मेदवारी दिन पाउनु हुन्छ । हामी छलफल र पहलमै छौं । म अहिले चुनावमा गएको छैन । सबै निकायमा सर्वसम्मत नै भएको छु । अहिले नै भन्न सकिने अवस्था छैन ।
चुनाव जित्ने आधारहरु के–के हुन् ?
म त चुनाव कै लागि तयार गरिरहेको छु । आम सहकारीकर्मीहरुको साथ र सहयोग मै उम्मेदवारी घोषणा गरेको हुँ । म भन्दा आम सहकारीकर्मी नै लागिरहनु भएको छ । विवाद रहित ढंगले लागि रहनु भएको छ । सहकारी अभियानको लागि नै उम्मेदवारी हो । साझा ढंगले अघि बढ्नुपर्छ भन्ने मान्यता मेरो रहेको छ ।
भावी योजना के छ ?
सदस्यता विस्तार पहिलो प्राथमिकता हुनेछ । चार वर्ष भित्र २० हजार सदस्य बनाउने छौं । सदस्य सहकारीको समस्या के–के हुन् । ती समस्याको पहिचान गरी समाधान गर्ने छौं । वित्तीय, प्रविधि, शिप, तालिम, स्रोत साधन, सचेतना लगायतका काम हामी गर्ने छौं । अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने काम गर्ने छौं । निक्षेप बढाउने योजना बनाउने छौं । अहिले भएको कारोबारभन्दा दुई गुणा बढाउने छौं । नयाँ नयाँ प्रविधिमा हामी लाग्ने छौं ।
केबी उप्रेतीलाई नै किन भोट हाल्ने ?
दुई कार्यकालभन्दा बढी एउटै संस्थामा बस्न उपयुक्त छैन । दुई दुई वटा संस्थामा बस्नु पनि हुन्न । बैंकमा कुनै पनि खालको समस्या आउन दिनु पनि हुन्न । केबी उप्रेतीले नेतृत्व गरेको संस्थामा कुनै पनि समस्या आउन दिदैन । जस्तो जुकै चुनौतीलाई पनि डटेर लड्न सक्ने क्षमता म संग छ ।
सहमतीमै जाने अवस्था आएको खण्डमा तपाईं पछि हड्नु हुन्छ ?
त्यो त सम्भावना नै छैन । मेरो नेतृत्वमा सहमती हुन्छ भने ठीक छ यदी हुन सकेन भने चुनाव नै लड्ने हो । आम सहकारीकर्मीको माग अनुसार नै घोषणा गरेको हो । उनीहरु प्रति अन्याय हुन्छ । त्यसैले पछि हड्ने सम्भावना हुँदैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार