केबी उप्रेतीलाई पुकार साकोसको सम्मान

काठमाडौं, १४ पुस
सहकारी अभियन्ता केबी उप्रेती सम्मानित भएका छन् । टोखा–९ गोंगबु स्थित पुकार बचत तथा ऋण सहकारी संस्था लि. ले १० औं वार्षिक साधारणसभाको अवसरमा उप्रेतीलाई सम्मान गरेकाे हाे । पुकार सहकारीकाे साधारणसभा शनिबार विविध विषय उपर छलफल गरि सम्पन्न भएकाे छ ।
हालै भारतमा सम्पन्न एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (NEDAC) को साधारण सभाबाट कार्यकारी समितिको उपाध्यक्षमा निर्वाचित भएको र एशिया प्यासिफिक क्षेत्रमा कृषि सहकारीको विकास र विस्तारमा उल्लेखनीय भूमिका प्रदान गर्न सफल हुने विश्वासका साथ उनलाई सम्मान गरिएको हो ।
साधारणसभामा सहकारी बैक न्युराेड शाखाका प्रमुख केदारनाथ उप्रेती, विभिन्न सहकारीका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।
NEDAC सन् १९६३ मा स्थापना भै भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा संचालित छ | FAO Annex, बैंककमा सचिवालय रहेको NEDAC, नाै एसियन राष्ट्रका १६ संस्थाको संजाल बाट सुरु भएकोमा हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छ | दुइ वर्षे कार्यकाल रहेको हालको कार्यकारी समितिमा नेपालको अलावा भारत, बंगलादेश, चिन, इरान, फिलिपिन्स, थाइलेण्ड, श्रीलंका लगायत देशका प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको छ |
नेपालको तर्फवाट NEDAC को उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुने उप्रेती पहिलो व्यक्ति समेत हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार