२ कात्तिक २०८३, आईतवार

सहकारी बैंक निर्वाचनमा कांग्रेसले भन्यो, ‘चुनाव लडेर हार्नुभन्दा २/४ सञ्चालक लिएर सहमतीमा जानु उत्तम’

२०७५ पुष १३, शुक्रबार
सहकारी बैंक निर्वाचनमा कांग्रेसले भन्यो, ‘चुनाव लडेर हार्नुभन्दा २/४ सञ्चालक लिएर सहमतीमा जानु उत्तम’

coop sk
काठमाडौं, १३ पुस
बिहीबार सहकारी बैंकको निर्वाचनको सम्बन्धमा कांग्रेस निकट सहकारीकर्मीको भेला काठमाडौंको जमल स्थित एल्लो प्यागोडा होटलमा भएको छ ।
कांग्रेस निकट सहकारीकर्मीहरुको छाता संगठन नेशनल को–अपरेर्टस एलाईन्सको नेतृत्वमा भएको भेलाले सहकारी बैंकको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेस, सहकारी विभाग प्रमुख बालकृष्ण खाँण, कांग्रेसका नेता प्रकाशमान् सिंह लगायत नेता तथा जनप्रतिनिधिहरुको पनि उपस्थित थियो ।
भेलामा नेपाली कांग्रेस, सहकारी विभाग प्रमुख बालकृष्ण खाँणले सबैसँग सहकार्य गरेर अघि बढ्न सहकारीकर्मीलाई निर्देशन दिए । उनले भने, ‘निर्वाचन मिति आउन लागि सक्यो । हाम्रो तयारी शुन्य जस्तै छ । यसले गर्दा हामी छुट्टै ढंगले चुनाव लड्न सक्षम छैनौं । पराजय निश्चित भएकाले सहमती गरेर अघि बढ्नुको विकल्प छैन ।’
खाँणले थपे, ‘चुनाव लडेर हार्नु भन्दा सहमतीमा हाम्रो २÷४ जना साथीहरु जानु नै उत्तम हुन्छ ।’
सहकारी संघ÷संस्थामा राजनीति गर्नु विल्कुनै ठीक होईन तर हरेक निर्वाचनमा राजनीतिक हस्तक्षप हुँदै आएको छ ।

अभिलेख

लोकप्रिय