सहुलियत ब्याजदरमा सहकारीलाई १ अर्ब बाँडिने

काठमाडौं । सहकारी संस्थाहरुलाई सहुलियत ब्याजदरमा राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको १ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले खोसेको छ ।
अर्थमन्त्री युवराज खतिवडाको प्रस्ताबमा केही दिनअघिको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकले सञ्चालन गर्दै आएको स्वाबलम्बन कोषको सो रकम वितरण गर्ने जिम्मा साना किसान विकास बैंकलाई दिने निर्णय गरेको छ ।
‘राष्ट्र बैंकले सञ्चालन गर्दै आएको स्वाबलम्बन कोषको रकम सञ्चालन गर्ने जिम्मा सरकारले साना किसान विकास बैंकलाई दिने निर्णय गरेको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।
स्वाबलम्बन कोषमा सरकार र राष्ट्र बैंक दुबैको पैसा छ । लामो समयदेखि राष्ट्र बैंकले कोषबाट सहकारी संस्थाहरुलाई ८ प्रतिशत ब्याजदरमा प्रति सहकारी ३० देखि ५० लाख रुपैयाँ दिँदै आएको थियो । राष्ट्र बैंकले तोकेको समयमा पैसा तिर्ने सहकारी संस्थालाई राष्ट्र बैंकले ७५ प्रतिशत ब्याज फिर्ता गर्थ्यो । यसो गर्दा इमानदार भएर कारोबार गर्ने सहकारी संस्थाले २ प्रतिशत ब्याजदरमै कोषको पैसा चलाउन पाउँथे ।
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार स्वाबलम्बन कोषमा अहिले ९८/९९ करोड रुपैयाँ छ ।
‘यो सरकारकै पैसा भएकाले सरकारले सञ्चालनको जिम्मा अर्को कुनै निकायलाई दिन पाउँछ,’ स्रोतले भन्यो, ‘तर, लामो समयदेखि राष्ट्र बैंकले सञ्चालन गर्दै आएको कुरा खोस्नुको चाहीँ विषेश अर्थ वा स्वार्थ्य हुन सक्छ ।’
साभारः https://clickmandu.com/2018/12/70656.html
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार