५ वैशाख २०८३, शनिवार

सरकारी ढुकुटीबाट तलब खानेले सहकारीको सञ्चालक हुन नपाउने

२०७५ पुष १०, मङ्गलबार
सरकारी ढुकुटीबाट तलब खानेले सहकारीको सञ्चालक हुन नपाउने

eac6371e4f46254562c14dbff221619d
तम्घास, १० पुस
रेसुङ्गा नगरपालिकाले सरकारी ढुकुटीबाट पारिश्रमिक पाउने जनप्रतिनिधि, निजामती कर्मचारी, शिक्षक लगायत अन्य सहकारी कर्मचारी सहकारीको सञ्चालक समितिमा नबस्न कडा निर्देशन दिएको छ ।
रेसुङ्गा नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ३० को उपदफा ५ लाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको हो । उक्त ऐनको दफा ३० को उपदफा ५ मा ‘सरकारी ढुकुटीबाट पारिश्रमिक पाउने जनप्रतिनिधि, निजामती कर्मचारी, शिक्षक लगायत अन्य सहकारी कर्मचारी सञ्चालक समितिमा रहन पाउने छैनन्’ भन्ने व्यवस्था छ ।
नगरपालिकाले सूचना जारी गरी तत्काल सञ्चालक समितिबाट हट्न र हटिसकेको जानकारी दिन निर्देशन दिएको छ ।

अभिलेख

लोकप्रिय