सहकारी बैंकको निर्वाचनमा नेशनल को-अपरेर्टस एलाईन्स धारणा सार्वजनिक

काठमाडौं, ५ पुस
नेशनल को-अपरेर्टस एलाईन्स नेपालले सहकारी बैंकको निर्वाचनमा कसरी अघि बढ्ने सम्बन्धमा छलफल गरेको छ । बुधबार केन्द्रिय समितिको बैठक बसी विविध पक्षमा छलफल गरेको हो । सहकारी बैंकको निर्वाचनमा सन्दर्भमा सात सदस्यीय समिति समेत गठन गरेको छ ।
नेशनल को अपरेर्टस एलाईन्स नेपालका अध्यक्ष डिल्ली तिवारीको अध्यक्षतामा भएको बैठकमा सल्लाहकार बालकृष्ण खाँडको समेत उपस्थिती रहेको थियो । बैठकले बैंकको निर्वाचनमा सहकार्य र समहतीमा अघि बढ्ने निर्णय गरेको छ । सकेसम्म सहकार्य र सहमतीका आधारणमा नेतृत्व चयन गर्ने यदी सहमती हुन सकेन भने निर्वाचनमा जाने निर्णय गरेको अध्यक्ष डिल्ली तिवारीले सहकारीखबर लाई बताए ।
बैंकको निर्वाचनमा वर्तमान अध्यक्ष रमेश पोखरेल र केबी उप्रेती बीच प्रतिस्पर्धा हुने देखिएको छ । रमेश पोखरेल बैंकमा तेस्रो कार्यकाल पनि अध्यक्ष बन्ने इच्छा व्यक्त गरेका छन् भने केबी उप्रेतीले पनि अध्यक्षमा इच्छा व्यक्त गरेका छन् । उप्रेतीले प्रबन्ध सञ्चालक पद त्याग गरेर चुनावी तयारीमा जुटीसकेका छन् । उप्रेती वार कि पारको अवस्थामा रहेको बुझिएको छ ।
कांग्रेस निकट सहकारीकर्मी कसको पक्षमा मिलेर अघि बढ्ने भन्ने निर्णय गरीसकेको छैन । बैंठकले सहमतीमा अघि बढ्ने निर्णय मात्र गरेको छ । दुबै पक्षसँग छलफल गरेर मात्र कसको पक्षमा जाने भन्ने निष्र्कष निकाल्ने बुझिएको छ । स्रोतका अनुसार कसको पक्षमा मिलेर अघि बढ्दा फाइदा हुन्छ उसैको टिमलाई सहयोग गर्ने बुझिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार