सहकारी बैंकको अध्यक्ष बन्न उप्रेतीले छाडे लाखौंको सुविधा

काठमाडौं, ४ पुस
राष्ट्रिय सहकारी बैंकको अध्यक्ष बन्नको लागि केबी उप्रेतीले लाखौंको सुविधा त्याग गरेका छन् । उप्रेतीले प्रबन्धकीय जिम्मेवारीबाट बाहिरिएर सञ्चालक मात्र भएका छन् । पुस २१ र २२ गते हुने बैंकको निर्वाचनमा अध्यक्ष पदको उम्मेद्वारी दिन प्रबन्ध सञ्चालक पद त्यागेका हुन् ।
यस्तो थियो, पारिश्रमिक, भत्ता एवं अन्य सुविधा
मासिक तलबः– रु १,९९,३७५।—
इन्धनः– १२० लिटर मासिक
टेलिफोनः– रु.२,५००÷– प्रति महिना
गाडी मर्मतः– रु.१२,०००÷– वार्षिक गाडी
ईन्स्योरेन्सः– पुरा कार्यालयबाट
बैठक भत्ताः– कार्यालय समयमा बाहेक बस्ने वैठकमा समितिका पदाधिकारी सरह (प्रति बैठक ४ हजार, यातायात खर्चः १ हजार, दैनिक भत्ताः ३ हजार, बस र प्लेनको टिकट)
संचित विदाः घर विदा वार्षिक ३० दिन उपभोग वा संचित वा नगद लिन पाउने
बिरामी बिदा वर्षको १२ दिनका दरले उपभोग वा संचित गर्न पाउने
संचयकोष सुविधा छैन ।
अन्य सुविधाः–
१) औषधि उपचार १ महिनाको तलव रु. १,९९,३७५।–
२) चाडपर्व खर्च १ महिनाको तलव रु.१,९९,३७५।–
३) बोनस रकम ३ महिनाको तलब रु. ५,९८,१२५।– र कर्मचारी कल्याणकारी रकम रु.१७९४३७।५०
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार