उप्रेती भन्छन्, ‘अध्यक्षको तयारीमा जुटिसके’

काठमाडौं, ४ पुस
सहकारी बैंकका सञ्चालक केबी उप्रेतीले बैंकको अध्यक्षको उम्मेदवारी दिन प्रबन्ध सञ्चालकबाट राजिनामा दिएको बताएका छन् । ‘अध्यक्ष पदको उम्मेदवारी बन्नकै लागि प्रबन्ध सञ्चालक छाडेको हुँ’, उप्रेतीले सहकारीखबर सँग कुरा गर्दै भने, ‘सम्पूर्ण सदस्य संस्थाको प्रतिनिधिहरुको सहयोगले अध्यक्ष बन्नेछु ।’
सम्पूर्ण सहकारीकर्मीहरु सँग छलफल भईरहेको बताउँदै उप्रेतीले भने, ‘मेरो नेतृत्वमा सर्वसम्वत बनाउने प्रयास भईरहेको छ ।’ चुनावी मैदानमा उत्रिन परेको अवस्थामा पनि आफू तयार रहेको उनको भनाई छ ।
चुनावमा विभिन्न राजनीतिक हस्तक्षेप हुने र गुट उपगुट हुने विगतको अभ्यास छ, यसलाई कसरी सामना गर्नु हुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘विभिन्न विचार धाराका सहकारीकर्मीहरु सँग पनि पटक पटक छलफल भई रहेको छ । सहमतिमा अघि बढ्ने प्रयास जारी छ । सहमती र सहकार्य नै सहकारीको सिद्धान्त हो ।’
सहकारी ऐन २०७४ को दफा ४१ (४) मा २ करोड भन्दा बढी कारोबार भएका सहकारी संघ संस्थाका सञ्चालकहरु कार्यकारी प्रमुख बन्न नपाइने व्यवस्था रहेको छ । सहकारी ऐनमा भएको व्यवस्थालाई मध्ये नजर गरी उप्रेतीले प्रवन्ध सञ्चालकको जिम्मेवारी छोडेका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार