५ वैशाख २०८३, शनिवार

सहकारी बैंकको अध्यक्ष बन्न केबी उप्रेतीलाई बाटो खुला

२०७५ पुष ३, मङ्गलबार
सहकारी बैंकको अध्यक्ष बन्न केबी उप्रेतीलाई बाटो खुला

k b
काठमाडौं, ३ पुस
राष्ट्रिय सहकारी बैंकको अध्यक्ष बन्न केबी उप्रेतीलाई बाटो खुलेको छ । बैंकको प्रबन्ध सञ्चालक पदबाट उप्रेतीले दिएको राजिनामा सञ्चालक समितिले मंगलबार स्विकृत गरे सँगै उप्रेतीलाई अध्यक्ष बन्न बाटो खुलेको हो ।
स्रोतका अनुसार उप्रेती अध्यक्ष बन्नकै लागि प्रबन्ध सञ्चालक पदबाट बाहिरिएका हुन् । अर्कोतर्फ सहकारी ऐन पनि बाधक देखिएको छ । सहकारी ऐन २०७४ को दफा ४१ (४) मा २ करोड भन्दा बढी कारोबार भएका सहकारी संघ/संस्थाका सञ्चालकहरु कार्यकारी प्रमुख बन्न नपाइने व्यवस्था छ । यही प्रावधानका कारण राजिनामा दिइएको औपचारिक जानकारी बैंकले गराएको छ । सञ्चालक पद छाडेर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गर्ने विकल्प पनि थियो । यहीबाट प्रष्ट हुन्छ की बैंकको अध्यक्षका लागि बाटो खुला गरेको हो भनेर ।
पुस २१ र २२ गते हुने बैंकको १५ औं साधारणसभा तथा अधिवेशनमा अध्यक्षमा प्रत्यासी हुन् उप्रेती । विगत केही महिना देखि उनी देश दौडाहमा समेत रहेका छन् । आफू निकटका सहकारीकर्मीहरु सँग चुनाव उठ्ने जानकारी उप्रेतीले गराईसकेका छन् भने लविङमा लाग्न पनि निर्देशन दिएका छन् ।

अभिलेख

लोकप्रिय