१८ वैशाख २०८३, शुक्रबार

इलेक्ट्रिक भोटिङ मेशिनबाट सहकारी बैंकको चुनाव

२०७५ पुष ३, मङ्गलबार
इलेक्ट्रिक भोटिङ मेशिनबाट सहकारी बैंकको चुनाव

n2
ललितपुर, ३ पुस
पुस २१ र २२ गते निर्धारण गरिएको राष्ट्रिय सहकारी बैंकको १५ औं बार्षिक साधारणसभा तथा अधिवेशनमा इलेक्ट्रिक भोटिङ मेशिन प्रयोग गरिने भएको छ ।
मंगलबार बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको १५ औं बार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिको निर्वाचनका लागि इलेक्ट्रिक भोटिङ मेशिन प्रयोग गर्ने निर्णय गरिएको बैंकका सञ्चालक एवं सूचना तथा सञ्चार उपसमितिका संयोजक रामबहादुर जिसीले जानकारी दिए ।
बैंकको पछिल्लो विनियम अनुसार अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने गरी १५ जनाको सञ्चालक समिति र ३ जनाको लेखा समितिको व्यवस्था गरेको छ । ७ वटा प्रदेशबाट १÷१ जना, ३३ प्रतिशत महिलासहित १४ जना सञ्चालक रहने व्यवस्था रहेको छ ।
बैठकले साधारणसभाबाट बैंकको सञ्चालक समिति र लेखा समितिको निर्वाचन सम्पन्न गर्नका लागि बैंकका कानुनी सल्लाहकार रामचन्द्र सिंम्खडाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन उपसमिति चयन गरेको छ ।

अभिलेख

लोकप्रिय