३१ मध्ये २१ सहकारी प्रोवेशन ब्राण्ड पाउन सफल (नामावली सहित)

काठमाडौं, २९ मंसिर
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) ले नेपाल ब्राण्ड पाउने सहकारी संस्थाको नाम सार्वजनिक गरेको छ । नेफ्स्कूनले पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) ब्राण्ड पाउने आर्थिक बर्ष २०७४/०७५ को अन्तिम परीक्षणको नतिजा प्रकाशन गरेको हो ।
यस बर्ष प्रोबेशन अन्तिम परीक्षण गराउने नेपालका ३१ बचत तथा ऋण सहकारी संस्थाहरुमध्ये २१ वटा सहकारी संस्थाले प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल भएका छन् । नेफ्स्कूनले सदस्य साकोसहरुको दीगो विकास, व्यावसायिकरण र गुणस्तर सुनिश्चितताका लागि सञ्चालित नेपाल स्तरको ब्राण्डिङ गर्दै आएको छ ।
नेफ्स्कूनको पौष ५ र ६ गते हुने २७ औं साधारणसभाबाट उक्त सहकारी संस्थाहरुलाई ब्राण्ड प्रदान गरिने जनाएको छ ।
ब्राण्ड प्राप्त सहकारीको सूचि
१) कोलिय बचत तथा ऋण सहकारी संस्था लि., रुपन्देही ।
२) ग्रामीण साकोस, नवलपरासी ।
३) ग्रामीण साकोस, सल्यान ।
४। चित्रवन साकोस, चितवन ।
५) जन उत्थान साकोस, रुपन्देही ।
६) नव प्रगती साकोस, नवलपरासी ।
७। नव विकास साकोस, रौतहट ।
८) प्रभात दिदी बहिनी साकोस, चितवन ।
९) परोपकार साकोस, नवलपरासी ।
१०) महिला अभियान साकोस, मकवानपुर ।
११) महिला जनचेतना साकोस, मकवानपुर ।
१२) महिला जागरण साकोस, मकवानपुर ।
१३) महिला मिलन साकोस, मकवानपुर ।
१४) लुम्बिनी साकोस, नवलपरासी ।
१५) शिक्षक कल्याण साकोस, दोलखा ।
१६) सयपत्री साकोस, नवलपरासी ।
१७) सिको साकोस, बर्दिया ।
१८) सिनर्जी साकोस, कपिलबस्तु ।
१९) सुन्दरपुर साकोस, मोरङ ।
२०) श्रोत परिचालन साकोस, धादिङ ।
२१) हरियाली साकोस, दाङ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार