‘गोपनियता भंग हुने डरले कोपोमिसबाट डराए सहकारी’
काठमाडौं । सहकारी तथा गरिवी निवारणसम्बन्धी सूचना प्रणाली (कोपोमिस) कार्यान्वयनमा सहकारीले चासो नदिएको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को आयोजनामा ‘कोमोपिस कार्यान्वयनको अवस्था र चुनौती’ विषयक अन्र्तक्रिया कार्यक्रममा वक्ताहरुले कोपोमिस सिष्टममा आउन सहकारी संस्थाहरुलाई सकस भएको बताए ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कोपोमिसले सहकारीको वास्तविक तथ्यांक आउने बताउनुभयो । ‘कोपोमिसले सहकारीको वास्तविक तथ्यांक आउन सघाउने छ, त्यसकारण यसको कार्यान्वयनमा जोड दिनुपर्छ’ उहाँले भन्नुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारी क्षेत्रका लागि कोपोमिस अत्यावश्यक भएको बताउनुभयो । ‘कोपोमिस कार्यान्वयनमा ल्याउन सहकारीकर्मी उत्साहित छन्, विभाग तथा मन्त्रालयले नै कार्यान्वयन गर्न जोड दिनुुपर्छ’ उहाँले भन्नुभयो । अध्यक्ष बडालले सरोकारवाला निकायको समन्वयबाट मात्र कोपोमिस कार्यान्वयन सम्भव भएको बताउनुभयो ।
सहकारी विभागका निमित्त रजिष्ट्रार नारायणप्रसाद अर्यालले कोपोमिस कार्यान्वयनका लागि सबै स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरिएको बताउनुभयो । ‘कोपोमिसमा वित्तीय विवरण मात्र होइन, गैरवित्तीय तथ्यांक पनि आउँछ’ उहाँले भन्नुभयो ।
अर्यालले मंसिर मसान्तभित्र धेरै सहकारीले कोपोमिसको युजर र पासवर्ड लिइसक्ने दावी गर्नुभयो । ‘हामीले केन्द्रीय संघलाई आफ्ना सदस्य सहकारीलाई मंसिरभित्र युजर र पासवर्ड लिनका लागि अनुरोध गर्न परिपत्र गरेका छौं’ उहाँले भन्नुभयो ।
सहकारीको तथ्यांक व्यवस्थापनका लागि कोपोमिसको विकल्प नभएको भन्दै अर्यालले सबैको सहयोगमा छिट्टै पूर्णरुपमा कार्यान्ववयनमा ल्याइने प्रतिवद्वता व्यक्त गर्नुभयो । कोपोमिसले एकीकृत तथ्यांक आउने र नीतिनिर्माण गर्न पनि सघाउ पुग्ने उहाँको भनाइ छ । ‘कोपोमिसको स्वामित्व संघ÷संस्थाले लिन सके मात्र कोपोमिसको कार्यान्वयनमा प्रभावकारिता हुने उहाँको भनाई थियो । कतिपय सहकारीले सेक्युरिटीको समस्याको डरले कोपोमिसमा आउन नचाहेको भन्दै सेक्युरिटीमा कुनै समस्या नहुने उहाँले बताउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष डिबी बस्नेतले मन्त्रालय र विभागसँग प्राविधिक कर्मचारी अभावका कारण कोपोमिस कार्यान्वयनमा जटिलता आएको बताउनुभयो । वित्तीय कारोबार गर्ने सहकारीलाई एउटै सिष्टम र सफ्टवेयरमा ल्याउन आवश्यक भएको बताउनुभयो । कोपोमिस कार्यान्वयन गर्न नेफ्स्कुनले पूर्णरुपमा सहयोग गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सहकारी विभागका सूचना प्रविधि विज्ञ सगुन धाख्वाले कोपोमिसमा सहकारी संघ÷संस्था तथा तीनवटै सरकारले तथ्यांक राख्न मिल्ने बताउनुभयो । ‘केन्द्रीय संघहरुले आफ्ना मातहतका सदस्यहरुको तथ्यांक हेर्न सक्छन् तर अपडेट गर्न सक्दैनन्’ उहाँले भन्नुभयो ।
उहाँले कोपोमिस कार्यान्वययनका लागि तीन हजार तीन सय १६ संस्थाले पासवर्ड लिइसकेको जानकारी दिदैँ पुससम्म वार्षिक प्रतिवेदन आइसक्ने बताउनुभयो । कोपोमिसमा ३२ हजार तीन सय ४३ संस्था सूचीकृत भएको र तथ्यांक अपडेटको क्रममा रहेको धाख्वाले बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय सहकारी बैंकका महाप्रबन्धक बद्री गुरागाईले कोपोमिसको सफ्टवेयर सजिलो नभएका कारण सहकारी आकर्षित हुन नसकेको बताउनुभयो । कोपोमिसको सिष्टम बनेपनि अपडेट हुन नसकेका कारण प्रभावकारी कार्यान्वयनमा जटिलता थपिएको उहाँको भनाइ छ । धेरैतिर सदस्य हुने संस्थाको डाटा कहाँ जान्छ भन्ने अन्योल रहेको भन्दै विभागले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
नेपाल कृषि केन्द्रीय सहकारी संघका महाप्रबन्धक रुद्र भट्टराईले आफ्ना नेटवर्कभित्र रहेका सहकारीको दुई वर्षभित्रै कोपोमिस कार्यान्वयन गर्ने दाबी गर्नुभयो ।
ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले गोपनियता भंग हुने डरले सहकारी कोपोमिसमा आउन नचाहेको बताउनुभयो । सरोकारवालाले स्वीकार नगर्दा कोपोमिस कार्यान्वयन गर्न समस्या हुने भएकाले सबैको समन्वय आवश्यक भएको बताउनुभयो ।
जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारीले कोपोमिस आफ्नो लागि भन्ने महसुश गर्न नसकेकाले कार्यान्वयनमा समस्या आएको बताउनुभयो ।
ललितपुर उपमहानगरपालिका सहकारी शाखा अधिकृत चिरञ्जीवी पौडेलले स्थानीय तहमा कोपोमिस कार्यान्वयन गर्न समस्या आएको बताउनुभयो । उहाँले ललितपुर महानगरमा अझै सहकारी ऐन बन्न नसकेको, सहकारी शाखामा इन्टरनेट जडान गर्न समेत नसकिएकाले कोपोमिस कार्यान्वयन गर्न समस्या भएको बताउनुभयो ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तुलसी सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा चन्द्रागिरी साकोसका सचिव योगेन्द्र कुँवर, नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक हरिप्रसाद पाण्डे, तीर्थ साकोसका अनन्त श्रेष्ठलगयाले कोपोमिसबारे जिज्ञासा राख्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार