सहकारी बैंक र हेफर इन्टरनेशनलबीच सम्झौता
उद्यमशिलता र उत्पादनका क्षेत्रमा सहकार्य गरिने

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड र हेफर इन्टरनेशनलबीच महिला शसक्तिकरण र उद्यमशिलता विकास र उत्पादनका क्षेत्रमा संयुक्त रुपमा काम गर्ने सम्झौता भएको छ ।
सहकारी बैंक र हेफर मिलेर उत्पादन, संकलन, प्रशोधन, बजारीकरणका क्षेत्रमा संयुक्त रुपमा काम गर्ने प्रतिवद्धता सहित सम्झौता गरिएको दुवै संस्थाले जनाएका छन् ।
सहकारी बैंक र हेफर इन्टरनेशलबीच भएको सम्झौता बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । सहकारी बैकका प्रवन्ध सञ्चालक के.बी. उप्रेती र हेफर इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डा.शुभनारायण महतोले संयुक्त रुपमा विज्ञप्ती जारी गरी हेफर इन्टरनेशनलद्वारा प्रवद्र्धित महिला सहकारी संघ संस्थाहरुलाई कर्जा लगायत शिक्षा तथा तालिमका कार्यक्रममा सहकार्य गरिने उल्लेख छ ।
महिलाहरुलाई उद्यमशिल बनाई कृषि, पशुपालन लगायतका क्षेत्रमा क्रियाशिल गराउने र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने योजनाका साथ सहकार्यलाई अगाडि बढाएको सो अवसरमा जानकारी दिइएको थियो ।
महिला र युवाहरुको जिम्मेवारीपूर्ण सहभागिता र प्रविधिको अधिकतम प्रयोगबाट मात्रै उत्पादन बढाउन सकिने भएकाले हेफर र सहकारी बैंक मिलेर उत्पादनमा केन्द्रीत गरिने बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले बताए ।
देशव्यापी कार्यक्षेत्र भएको, ४४ शाखामार्फत सहकारी क्षेत्रको प्रवद्र्धनमा सक्रिय सहकारी बैंकसंगको सहकार्यले उत्पादनका क्षेत्रमा लागेका महिला सहकारीहरुलाई थप प्रभावकारी र व्यवस्थित गराउन दुवै संस्थाबीच सहकार्य भएको र यसले उत्पादन वृद्धि भई समृद्धिको अभियानमा थप प्रभावकारीता हुने हेफर इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर डा. शुभनारायण महतोले बताए ।
सहकारी बैंकले सबै सहकारीहरुलाई कर्जा, तालिम लगायत आवश्यक सहयोग आफै गर्दै आएकोमा हेफरद्वारा सञ्चालित उद्यमशिल सहकारीहरुसंग पनि सहकार्य गर्ने र उत्पादनका क्षेत्रमा बढी केन्द्रीत गरिने बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए ।
ग्रामिण क्षेत्रमा संगठित भई उत्पादनका क्षेत्रमा क्रियाशिल महिला सहकारीहरुको प्रवद्र्धनमा जुटेको हेफरले सहकारीलाई वित्तीय तथा नीतिगत र शिक्षा तालिमका कार्यक्रममा सहयोग गर्नका लागि बैंकसंग सहकार्य गरिएको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक प्रकाश कटुवालले जानकारी दिए ।
हेफरद्वारा प्रवद्र्धित सामाजिक उद्यमी महिला सहकारीहरुले बाख्रापालन र दुध उत्पादनका क्षेत्रमा काम गरेका छन्, उनीहरुलाई वित्तीय स्रोत, प्रविधि र सहकारी सम्बन्धी शिक्षा तथा तालिमको आवश्यकता छ, कटुवालले भन्नुभयो ति सबै विषयमा सहकारी बैंकको सहयोग प्रभावकारी हुने भएकाले सहकार्य गरिएको हो ।
हेफर इन्टरनेशनल नेपालले २ सय २६ वटा महिला सहकारी संस्था र ३ वटा विषयगत जिल्ला सहकारी संघमार्फत ११ हजार भन्दा बढी महिला समुहलाई सशक्तिकरण गरेको छ । २ लाख ५० हजार परिवारलाई संगठित गर्दै अगाडि बढेको हेफर र १० हजार भन्दा बढी सहकारी संघ संस्थाहरु सदस्य रहेको सहकारी बैंकबीचको सहकार्यले महिलाहरुलाई उद्यमशिल बनाउन र उत्पादनका क्षेत्रमा केन्द्रीत गर्न सहज हुने बैंकका नायव महाप्रवन्धक बद्रीकुमार गुरागाईले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार