सहकारीका कर्मचारीसँग पैसा र मोटरसाइकल लुट्ने ७ पक्राउ

सिरहा, १२ असोज । सृजना सामुदायिक सहकारी संस्थाका दुई जना कर्मचारीसँग ३ लाख ९३ हजार रुपैयाँ र मोटरसाइकल लुट्ने पक्राउ परेका छन् । भदौँ २८ गते सिरहा नगरपालिका–२२ बाट सहकारीका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुट्ने सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एक भारतीय र ६ जना धनुषा जिल्लाका रहेका छन् । सिरहा प्रहरीले धनुषा प्रहरीसँग समन्वय गरी धनुषाकै विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार पक्राउन पर्नेमा भारतीय नागरिक मधुवनी जिल्ला ग्राम पञ्चायत छतौना २ का २७ वर्षिय किशोर कुमार शर्मा, धनुषा जिल्लाको विदेह नगरपालिका १ का २० वर्षिय नरेश कुमार ठाकुर, १९ वर्षिय रविन्द्र ठाकुर, ठाडी झिझाका श्याम सुन्दर ठाकुर, कमला नगरपालिका ६ हतमुण्डाका १९ वर्षिय रमेश कुमार महतो, कमला नगरपालिका ८ हरिणेका २७ वर्षिय शत्रुधन ठाकुर र धनुषाकै तारापट्टी गाउँपालिका १ पुर्वारी टोलका २२ वर्षिय चन्द्रशेखर यादव रहेका छन् ।
प्रहरीले लुटेराहरुको साथबाट ‘मेड इन युएसए नं. ७१०’ लेखिएको पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, ‘मेड इन इटाली’ लेखिएको स्वचालित पेस्तोल १ थान, म्यागजिन १ थान, पेस्तोलमा लाग्ने गोली १३ राउण्ड, सामसुङ मोबाईल १ थान, ६ हजार १५० नेपाली रुपैयाँ, विभिन्न कम्पनीको सिमकार्ड ५ थान, चन्द्रशेखर यादवको भारतीय सवारी चालक अनुमति पत्र, लुटिएको नेपाली नम्बर प्लेटसहित बीआर ३२ ए ९३७३ नम्बर प्लेटको मोटरसाईकल २ वटा बरामद बरामद गरेको एसपी श्रेष्ठले जानकारी गराए ।
उक्त सहकारीका सिरहा शाखा फिल्ड सहायक हरेराम पण्डित र कनिष्ठ अधिकृत लालकुमार सिंहलाई अर्नामा गाउँपालिकाबाट किस्ता रकम उठाएर आउँदै गर्दा सिरहा नगरपालिका २२ सागरपुर स्थित मैनावती नदी नजिकै पक्राउ परेका लुटेराहरुले पेस्तोल देखाएर लुटपाट गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार