दुर्गम क्षेत्रमा बैंक स्थापनापछि छायामा सहकारी
रसुवा, १० असोज । रसुवाको दुर्गम क्षेत्रमा बैंक स्थापना भएपछि स्थानीयवासीले रकम बचत गर्न थालेका छन् ।
नौकुण्ड गाउँपालिकाको पारच्याङमा गत भदौ महीनामा जनता बैंकको शाखा कार्यालय स्थापनाभएपछि त्यस भेकका किसानले बैकिंङ कारोबार गर्न थालेको छ । अहिलेसम्म ३०० भन्दा बढी स्थानीयवासीले बैकिङ कारोबारमा संलग्न भएका छन् । असोज महिनाको शुरुदेखि नै दैनिक रुपमा सरदर २०/२५ जना बैंकमा खाता खोल्न आउने गरेको धुञ्चेस्थित जनता बैंकका प्रमुख ब्रजेश अर्यालले जानकारी दिए ।
कालीकास्थानबाट १० कोषको दूरी पूर्वमा रहेको पारच्याङमा नौकुण्ड गापाको केन्द्रसमेत रहेको र नेपाल प्रहरीको सुरक्षा चौकीसमेत रहेकाले स्थानीयवासीलाई बैंकिङ सेवा प्रदान गर्न शाखा स्थापना गरिएको जनता बैंकले जनाएको छ ।
पारच्याङमा बैंक स्थापना भएपछि ग्रामीण किसानले बोका, बाख्रा, कुखुरा, हाँस एवं कृषिउपज बिक्रीबाट प्राप्त आयकोे थोर बहुत रकमसमेत बचत गर्न थालेका छन् । बैंक खुलेपछि यार्सा पारच्याङ पाटीखर्क, सरमथली, फाम्चेत, मञ्जुचेत, चिलाउनेगाउँ घिचेतलगायत गाउँका किसान हर्षित भएको समाजसेवी हितबहादुर न्यौपानेले बताए ।
सात÷आठ वर्ष अघि धुञ्चेबाट स्थापना शुरु भएको जनता बैंकले नेपाल चीनबीचको सीमा क्षेत्र टिमुरे र कालिका गापाको कालीकास्थानमा स्थापनासमेत गरी बैंकिङ सेवा प्रदान गरी रहेको बताइएको छ । जनता बैंकको रसुवाको धुञ्चे शाखामा निक्षेप भने रु २९ अर्ब र ऋण लगानी साढे आठ करोड रहेको बैंकका शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो । चार वटा बैंकमा २५ हजार स्थानीयवासीले बचत खाता खोलिसकेको जनाएको छ । बैंक गाउँमै पुगेपछि सहकारीका सदस्यहरु पनि बैंकतर्फ आर्कषित भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार