२ कात्तिक २०८३, आईतवार

पशुपति बचतको साधारणसभा सम्पन्न

२०७५ भदौ ७, बिहिबार
पशुपति बचतको साधारणसभा सम्पन्न

Pashupati Cooperative News (1)
पोखरा । पोखरा न्यूरोड स्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशका उपसचिव बद्रीनाथ अधिकारीले संस्थाले छोटो समयमा नै राम्रो प्रगती गर्न सफल भएको र अब आउने दिनमा पनि अझ सफलतातर्फ उन्मुख हुन शुभकामना दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकाल, राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख केदारनाथ उप्रेती, गरिमा विकास बैंक महेन्द्रपुल शाखा प्रमुख दीपेन्द्र पोखरेल लगायतले संस्थाको बृद्धि र विकास गर्दै सदस्यलाई पु¥याएको योगदानको प्रसंसा गरेका थिए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट कारोवार गर्ने सदस्यहरु क्रमशः अन्जनादेवी घिमिरे पौडेल, विजय कुमार श्रेष्ठ, हारुन खाँ पैठानलाई सम्मान गरिएको थियो भने संस्थामा कार्यरत उत्कृष्ट कर्मचारी विष्णु गुरुङ तथा राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख केदारनाथ उप्रेतीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष जितेन्द्र थापाले पेश गरेको अध्यक्षको प्रतिवेदन, सचिव मनोज बहादुर ढकालद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम, लेखा तथा सुपरीवेक्षण समिति संयोजक प्रदीप खनालले प्रस्तुत गरेका प्रतिवेदन सर्वसम्वत रुपले पारित गरेको छ ।

अभिलेख

लोकप्रिय