गणेशजलकोे वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न

सुर्खेत । गणेशजल बहुउद्देश्यीय सहकारीले बार्षिक प्रगति समिक्षा तथा रणनितिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
गणेशजल मुख्य कार्यालयले आयोजनामा गरेको कार्यक्रममा संचालक समितिका पदाधिकारी, लेखा समिति, विभिन्न विषयगत उपसमिमित २ सेवा केन्द्रका प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।
यस संस्थाले आ.व २०७४/०७५ मा गरेको प्रगती प्रतिवेदन माथि वृहत छलफल तथा आ.व २०७५/०७६ का लागी संस्थालाई नया तरिकाबाट अगाडी बढाउनका लागि रणनितिक योजना तर्जुमा गोष्ठीको आयोजना गरेको संस्थाका सचिव अशोक राजीले बताए ।
आ.व २०७४/०७५ मा संस्थाले संचालन गरेका बचत तथा ऋण कार्यक्रम, लघुवित्त कार्यक्रम, कृषि व्यवसायिक केन्द्र घुश्रा र विप्रेषण सेवा कार्यक्रम संचालनका क्रममा आएका समस्याको पहिचान गरी सदस्यका अपेक्षा र गुनासोलाई समेटदै यस वर्षका लागी योजना निमार्ण र कार्यन्वयन का विषयमा व्यापक छलफल गरिएको छ ।
त्यसंैगरी आ.व २०७५/०७६ का लागी संस्थाले बचत तथा ऋण कार्यक्रम, लघुवित्त कार्यक्रम, कृषि व्यवसायिक केन्द्र घुश्रा क्षेत्रमा उत्कृष्ट सदस्यहरुको पहिचान गरी लगानीको अनुपातलाई बुद्धि गर्ने लक्ष्य लिएर काम गर्ने संस्थाका कोषाध्यक्ष पुर्ण बहादुर शाहीले बताए ।
शाहीले कार्ययोजना मस्यौदा, गत वर्षको प्रगती तथा बार्षिक रणनीतिक योजना अनुसारको आगामी वर्षको लक्ष्य बारेमा बित्तीय भौतिक पूर्वाधार र सामाजिक सेवा तथा सदस्य लाभका कार्यक्रमहरु पेश गरेका थिए ।
लेखा समिति संयोजक युवराज पौडेलले प्रस्तावित कार्यक्रम तथा योजनाहरु माथि सहभागि पदाधिकारहरुले सकारात्मक प्रतिकृया, उत्प्रेरणा तथा सुझावहरु अन्तरकृया शेसनमा राखेका थिए ।
लेखा समिति सदस्य लिलाराम ढुङ्गानाले संस्थाले संचालन गरेका विभिन्न उदेश्य र योजना निमार्ण कार्यन्वयनका क्रममा आउने बाधा व्यवस्थापन गर्ने तरिकाका बारेमा छलफल गर्नु भएको थियो ।
बार्षिक प्रगति समिक्षा तथा रणनितिक योजना तर्जुमा गोष्ठी कार्यक्रमलाई समापन गर्दे संस्थाका अध्यक्ष प्रेम कुमार विसीले संस्थाले आफुलाई विश्वासिलो ,भरपर्दो र सदस्यको हितका लागी काम गर्ने सहकारी सस्थाको रुपमा स्थापित गर्ने गरी रणनितिक योजनाको तर्जुमा गरेको बताए ।
समाजमा सहकारीका माध्यमबाट धेरै काम सम्भव हुने भएकाले आफ्नो कार्य क्षेत्रका सदस्यको हितका निम्ति सदस्यहरुलाई स्वरोजगार गराउन उत्पादनका क्षेत्रमा सहकार्य गरी काम गर्ने वि.सीले बताए ।
सहकारीले नयाँ मोडेलमा सदस्यलाई उत्पादनतिर लगाउनुपर्ने र गणेशजलले बजारीबरणमा जोड् दिने संस्थाको उदेश्य भएकाले आफ्ना सदस्यहरुका आवश्यक्ता अनुसार काम गर्ने बताए ।
प्रकाशित मिति : साउन १२, २०७५
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
