२२ कात्तिक २०८३, आईतवार

सहकारी बैंकका सञ्चालक जि.सी. सम्मानित

२०७५ साउन १, मङ्गलबार
सहकारी बैंकका सञ्चालक जि.सी. सम्मानित

Beni-6 Ram
म्याग्दी । बेनी नगरपालिका वडा नं. ६ वडा कार्यालयले सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीलाई मंगलबार सम्मान गरेको छ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङमार्फत प्रकाशित धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकका सम्पादक समेत रहेका जिसी सहित बेनीमा कार्यरत २ जना पत्रकार र एक जना प्राविधिकलाई वडा कार्यालयले सम्मान गरेको छ ।
वडामा निर्वाचित भएको १ वर्षको समयमा पटक पटक वडाका महिला तथा विपन्न वर्गका जनतालाई सहकारी सचेतना, वित्तीय साक्षरता, उद्यमशिलता लगायतका विषयमा उत्प्रेरित गरी वडाको विकासमा योगदान गरेकोले जिसीलाई सम्मान गरिएको वडा अध्यक्ष कृष्ण बाँनियाले बताए ।

अभिलेख

लोकप्रिय