२२ कात्तिक २०८३, आईतवार

राष्ट्रिय सहकारी बैंकको ४३ औं शाखा बर्दघाटमा

२०७५ असार १५, शुक्रबार
राष्ट्रिय सहकारी बैंकको ४३ औं शाखा बर्दघाटमा

IMG_9834

नवलपरासी (बर्दघाट) । नवलपरासी जिल्लाको बर्दघाटमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४३ औं शाखाको शुक्रवार विधिवत उद्घाटन गरिएको छ । शाखाको उद्घाटन प्रदेश नं. ५ का पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गरे । सो अवसरमा बोल्दै उनले संविधानले अंगिकार गरेको तीन खम्बे अर्थनीतिका आधारमा समृद्धिको खाका कोर्नु पर्ने बताए ।

कार्यक्रममा र नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले लामो प्रयास पछि बर्दघाटमा सहकारी बैंकको शाखा सञ्चालन गर्न सकिएकोले नवलपरासीका सहकारी संघ संस्थाहरुले बैंकको सेवा सुविधालाई अधिकतम उपयोग गर्नु पर्नेमा जोड दिए ।

शाखा उद्घाटनकै दिन सुस्ता पश्चिमका सहकारी संघ संस्थाहरुले ५ करोड भन्दा बढी निक्षेप संकलन गरेको शाखा प्रमुख सविना पोखरेलले जानकारी दिए ।
सहकारीहरुको एकमात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंकका ४२ वटा शाखा स्थापना भई कारोबार गरिरहेका छन् भने ४४ औं शाखाको शनिवार कावासोतीमा उद्घाटन गर्ने कार्यक्रम रहेको बैंकका सञ्चालक तथा ४ नं. प्रदेशका संयोजक रामबहादुर जिसीले जानकारी दिए ।

देशभरका १० हजार बढी सहकारी संघ संस्थाहरु सदस्य रहेको, १ अर्ब शेयर रकम, १४ अर्ब निक्षेप र १२ अर्ब कर्जा लगानी र १६ अर्बको कुल कारोबार गरेको बैंकमा हाल ३ सय जना कर्मचारी कार्यरत रहेका छन् ।

अभिलेख

लोकप्रिय