१४ भदौ २०८३, आईतवार

दूध संकलनमा नवज्योति सहकारीको कीर्तिमान

२०७५ असार ८, शुक्रबार
दूध संकलनमा नवज्योति सहकारीको कीर्तिमान

35521341_2070040413254265_3192635687186726912_n

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट १० भैंसाखोरीमा रहेको नवज्योति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दूध संकलनमा कीर्तिमानी कायम गरेको छ ।

२०४८ सालदेखि समूहगत रुपमा काम गर्दै आएको संस्थाले विक्रम संवत् २०५९ सालमा दर्ता भई यस सहकारीले दूध संकलनमा कीर्तिमानी कायम गर्दै आएको हो । संस्थाले सम्भवतः नेपालमा नै सबैभन्दा बढी दध संकलन गर्दै कीर्तिमानी कायम गरेको संस्थाका व्यवस्थापक रामचन्द्र आचार्यले जानकारी दिए । उनले भन, “नेपाल सरकारबाट सबैभन्दा बढी अनुदान पाउने हामी रहेछौं त्यो भनेको बढी दूध संकलन गर्ने भन्ने बुझिन्छ ।”

पूर्वी तथा पश्चिम नवलपरासी जिल्लामा सबैभन्दा बढी दूध संकलन गर्दै कीर्तिमानी कायम गर्दै आइरहेको उनले बताए । संस्थाले उत्कृष्ट दूध संकलन गरेर यसवर्ष मुलुकमा सबैभन्दा बढी अनुदान रकम पाएको हो । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशुसेवा विभाग गाई भैसी प्रर्वद्धन केन्द्रको रेर्कडअनुसार संस्थाले सबैभन्दा बढी दूध संकलन गर्दै रकम पाएको हो ।

संस्थाका अध्यक्ष रेशममाया गुरुङले मुकुन्दपुरको हर्कपुर, मुक्तिचोक पितौँजी र भैंसाखोरी गरी तीन स्थानबाट दैनिक ११ हजार ५ सय लिटर बढी दूध संकलन हुने गरेको बताए । उनले जिल्लामा यसअघिदेखि नै सबैभन्दा बढी दूध संकलन गर्दै बिक्री गर्दै आएको बताए । सहकारीमा संकलित दूध स्थनीयस्तरसँगै नारायणगढ बजारमा खुद्रा बिक्री हुन्छ । साथै हिमालय डेरी प्रा. लि. र दुग्ध विकास संस्थान डिडिसीले दूध खरिद गर्ने गरेको उनले बताए ।

संस्थाले हाल दूध उत्पादन वृद्धि गर्न किसानहरुलाई अनुदान, घाँसको बिउबिजनलगायत सहुलियत दरमा ऋण लगानीलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको संस्थाले जनाएको छ ।

गतवर्ष २९ लाख अनुदान पाएको संस्थाले यसवर्ष अग्रता जनाउँदै २९ लाख ४९ हजार ३ सय ४७ रुपैयाँ अनुदान पाएको हो । आइतबार नवज्योति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, गैँडाकोट १० भैंसाखोरीको अनुदान वितरण गरेको छ । संस्थाको सभाहलमा आयोजित कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले कृषकहरुलाई अनुदान बापत रकम हस्तान्तरण गर्नुभएको थियो । संस्थाका ६२० दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरिने व्यवस्थापक आचार्यले जानकारी दिए । उनले आइतबारदेखि अनुदान वितरण कार्य जारी रहेको बताउनुभयो । किसानहरुले संकलन गरेको दूधको अनुपातका आधारमा अनुदान प्रदान गरिएको हो । किसानहरुलाई प्रति लिटर ९१ पैसाका दरले अनुदान दिइएको हो ।

अनुदान वितरण कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले कृषि र पशुपालनलाई, नगरपालिकाले पहिलो प्राथामिकता राखेको बताए । आसन्न तेस्रो नगर सभामा कृषि र पशुपालनलाई प्राथामिकतामा राखेर अघि बढेको नगर प्रमुख पौडेलले बताए । नगरपालिकाको सन्र्दभमा कृषि र पशुपालनमा, राम्रो सम्भाव्यता रहेको उल्लेख गर्दै पौडेलले कृषि र पशुपालनमा व्यावसायिक बनाउन कार्यालय लागिपरेको बताए ।

अभिलेख

लोकप्रिय