१८ वैशाख २०८३, शुक्रबार

राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा बद्रिकुमार गुरागाईं

२०७५ असार ८, शुक्रबार
राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा बद्रिकुमार गुरागाईं

badri sir

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धकमा बद्रि कुमार गुरागाईं छनौट भएका छन् ।

बैंक पदपूर्ति उप–समितिले उनलाई असार ११ गतेदेखि लागु हुने गरि २ वर्षका लागि नायव महाप्रबन्धक पदमा नियुक्त गर्दैछ ।

गुरागाईं चार्टर्ड अकाउन्टेड समेत हुन् । बैंक तथा सहकारी क्षेत्रमा १० वर्ष लामो अनुभव सम्हालेका उनी बिगतमा समेत बैंकमा ३ वर्षभन्दा बढी नायव महाप्रबन्धक पदमा कार्य गरेको अनुभव छ ।

सहकारी बैंकले २०७४ कार्तिकमा पहिलो पटक नायव महाप्रबन्धक पदमा नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाको विज्ञापन खुलाएको थियो ।

शुक्रबार बैंकको कर्पोरेट कार्यालय कुपण्डोलमा आयोजित एक कार्यक्रमका बी बैंकका प्रबन्ध संचालक के.वी. उप्रेती सहित बैंक उच्च ब्यबस्थापनका कर्मचारीहरुले कर्पोरेट कार्यालयमा उनलाई स्वागत गरेका थिए ।

अभिलेख

लोकप्रिय