सहकारीलाई उत्पादनमुखी बनाउनु आवश्यक छ : मन्त्री लामा

धादिङ – प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री दावा लामाले सहकारीलाई उत्पादनमुखी बनाउनु पर्नेमा जोड दिएका छन् । सहकारीहरु समन्वयमा आधारित, उत्पादनमुखी बनाए मात्रै देश समृद्ध हुने भन्दै लामाले सरकारको नीति, कार्यक्रममा प्राथमिकताका साथ राख्ने बताए ।
मंगलबार धादिङबेसीमा आयोजना गरिएको नेफ्स्कुलन ३ नं प्रदेश उपसमितिको चौथौ बैठकको उद्घाटन गर्दै मन्त्री लामाले समृद्ध र सुखी नेपाल निर्माणमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘सहकारी अत्यन्त पारदर्शिक हुनु जरुरी रहेको छ’ लामाले भने, ‘मुलुकलाई समृद्ध बनाउन, सुशासन कायम गर्न, सुखी नेपाल बनाउन प्रदेशको सरकारले योजना बनाइरहेका छौँ ।’
प्रदेश नं ३ का प्रत्येक जिल्लामा चिस्यान केन्द्र निर्माण गरी सहकारी मार्फत देशलाई समृद्ध बनाउनेमा जोड दिए । अब कुनै पनि युवाले विदेशमा गएर श्रम बगाउनु नपर्ने उनले बताए । सहकारी मार्फत देशमै रोजगारीका आधारहरु अपनाउने मन्त्री लामाले बताए । सहकारी अत्यन्त पारदर्शिक, सम्मानमा आधारित, समुदायमा आधारित हुनुपर्नेमा समेत जोड दिए ।
सहकारीको नाममा भष्ट्चार बढेको भन्दै इमान्दारिता, धैर्यता र अनुशासित भएर एकअर्काबीच सहकार्य आवश्यक रहेको लामाले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार