चन्द्रागिरि साकोसलाई राष्ट्रिय सहकारी बैंकको सम्मान

काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी बैंकबाट सम्मानित भएको छ ।
बैंकले उत्कृष्ट कारोबार गरे बापत चन्द्रागिरि साकोसलाई सम्मानित गरेको संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले जानकारी दिए ।
सोमबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमको अवसरमा बैंकले सम्मान गरेको हो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशज वडालले संस्थाका अध्यक्ष मानन्धरलाई सम्मानपत्र प्रदान गरेको थियो ।
संस्थाको बारेमा
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको पश्चिमतर्फ चन्द्रागिरि पहाडको उत्तरी काखमा रहेको चन्द्रागिरि नगरपालिका–७ ९साविक थानकोट महादेवस्थान–७० मा रहेको छ ।
वि।सं।२०५८।०१।०६ गते संस्था दर्ता भएर यस संस्थाले औपचारिकरुपमा कारोबार थालेको थियो । स्थापनाको १० वर्षभित्र यस संस्थाले कारोबार तथा सदस्य सेवा सहज बनाउन सुविधासम्पन्न भवन निर्माण गरी सम्पूर्ण वित्तीय कारोबारका साथै सभाकक्ष र पुस्तकालय पनि सञ्चालन गरेको छ । काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थामा हाल १० हजारभन्दा बढी सदस्य छन् । यस संस्थामा १४० करोडको वासलात रहेको छ । सदस्य सेवाका लागि संस्थामा २९ जना कर्मचारी कार्यरत छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार