सहकारीलाई जवाफदेही र पारदर्शी ढंगले सूचना प्रवाह प्रमुख सूचना आयुक्तको निर्देशन
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका सदस्य संघका पदाधिकारीहरुका लागि सूचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रम असार ३ गते सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले सहकारीका सदस्यहरुले आफ्नो गतिविधिहरु पारदर्शी रुपमा सदस्यसमक्ष सार्वजनिक गर्नुपर्ने आवश्यकता औल्याए ।
सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले महासंघले मन्त्रालय र विभागसँग मिलेर सहकारी सन्देश नियमित प्रकाशित गरि सूचना प्रवाह गरिरहेको बताए । उनले सूचना आयोगसँग मिलेर तल्लो तहसम्म सूचना प्रवाह गर्न आफू प्रतिबद्ध रहेको बताए ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको संरक्षण, सर्वद्धन र प्रचलनमा सहकारी क्षेत्रको दायित्व विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सहकारीका मूल्य र मान्यता अनुरुप सहकारी संघ÷संस्थाहरुले जवाफदेही र पारदर्शी ढंगले सूचना प्रवाह गर्नुपर्ने बताए ।
साथै उनले सहकारी संघ÷संस्थाको प्रगति विवरणहरु सदस्यहरुमा जानकारी गराएको खण्डमा सहकारीले जनताको विश्वास प्राप्त गर्ने बताए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपिनाथ मैनालीले २१ औं शताब्दीमा सूचना लुकाएर होइन देखाएर आम सदस्यको विश्वास जित्न सकिने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार