१४ भदौ २०८३, आईतवार

प्रदेश ३ को बजेटमा सहकारी क्षेत्रः निजी तथा सहकारीको साझेदारीमा सार्वजनिक बस सञ्चालन गर्ने

२०७५ असार १, शुक्रबार
प्रदेश ३ को बजेटमा सहकारी क्षेत्रः निजी तथा सहकारीको साझेदारीमा सार्वजनिक बस सञ्चालन गर्ने
  1. निजी क्षेत्र एवं सहकारी क्षेत्रसँगको साझेदारीमा पशु वधशाला, दाना उद्योग एवं पाउडर प्लान्ट स्थापना गर्न आवश्यक अध्ययन सहितको व्यवस्थापकीय कार्यका लागि रकम प्रबन्ध गरेको छु ।
  2. प्रदेशमा रहेका सहकारी संस्थाहरूको स्पष्ट लगत तयार पारी उत्पादनमूलक सहकारी संस्था तथा कृषि सहकारी संस्थाहरुलाई प्रवद्र्धन गर्न आवश्यक कार्यक्रम सञ्चालनका लागि स्रोतको प्रबन्ध गरेको छु ।
  3. सहकारी, निजी क्षेत्र एवं समुदायसँगको साझेदारीमा मकवानपुर जिल्लामा कुरिलो प्रशोधन केन्द्रको स्थापना गरिने छ । जसबाट स्थानीय उत्पादनको खपतसँगै रोजगारी वृद्घि हुने अपेक्षा गरिएको छ ।
  4. सहकारी, निजी क्षेत्र एवं समुदायसँगको साझेदारीमा मकवानपुर जिल्लामा कुरिलो प्रशोधन केन्द्रको स्थापना गरिने छ । जसबाट स्थानीय उत्पादनको खपतसँगै रोजगारी वृद्घि हुने अपेक्षा गरिएको छ ।
  5. सार्वजनिक यातायातको क्षेत्रमा देखिएको समस्यालाई न्यूनीकरण गर्न सुरक्षित र व्यवस्थित सार्वजनिक यातायातको सुनिश्चितताको लागि निजी तथा सहकारी क्षेत्रको साझेदारीमा प्रदेशस्तरीय सार्वजनिक बस सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।
  6. निजी तथा सहकारी क्षेत्रसँगको सहकार्य विना विकास क्रियाकलापले मुर्तरूप लिन नसक्ने तथ्यलाई हृदयङ्गम गरी विकासमा दुवै पक्षको साझेदारी बढाउन सार्वजनिक निजी साझेदारी र सार्वजनिक सहकारी साझेदारी नीति तर्जूमा गरी लगानी प्रवद्र्धनमा जोड दिइने छ ।

अभिलेख

लोकप्रिय