तेश्रो साकोस शिखर गोष्ठी: साझा घोषणापत्र (सेयर गरेर सहकारीकर्मी माझ पुर्याऊ)
नेफस्कूनद्वारा आयोजित यस तेश्रो साकोस शिखर गोष्ठी २०७५ का सम्पूर्ण सहभागीहरु यस घोषणा पत्रमा उल्लेखित बूँदाहरुलाई पालना गर्नुका साथै पहिलो र दोश्रो शिखर गोष्ठीबाट पारित भई कार्यान्वयन हुन बाँकी रहेका घोषणाहरुको कार्यान्वयनमा सामुहिक प्रतिबद्धताका रुपमा यो घोषणा पत्र जारी गर्दछौं
तेश्रो साकोस शिखर गोष्ठी सन् २०१८
२०७५ जेष्ठ २४ र २५ गते
साझा घोषणापत्र

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा “समावेशी आर्थिक विकासः सञ्जालिकृत साकोस अभियानको लागि कानूनी संहिताको पूनर्संरचना” भन्ने मूल भावका साथ २०७५ जेष्ठ २४ र २५ गते होटल सोल्टी क्राउन प्लाजा, काठमाण्डौंमा आयोजित यस तेश्रो साकोस शिखर गोष्ठीमा प्रस्तुत विषयहरुमा भएको गहन छलफलबाट नेपालको साकोस अभियानलाई सशक्त, सञ्जालिकृत र गुणात्मक बनाउनमा महत्वपूर्ण योगदान पुग्ने कुरामा विश्वस्त हँुदै संस्थाको मूल उद्देश्य अनुरुप आप्mना सदस्यहरुलाई बचत परिचालन मार्फत आर्थिक जीवनस्तर उकास्न जागरण, विकास, व्यवसायिकिकरण, गुणस्तर सुनिश्चितता र व्यवस्थित सञ्जाल व्यवस्थापन गर्न एक आपसमा मिलेर अघि बढ्दै हामी सहभागी अभियन्ताहरु साकोसमार्पmत गरीवी न्यूनीकरण, सामाजिक एकता एवम् सद्भाव र स्वरोजगारी सिर्जना गरी समृद्ध, स्वावलम्वी र आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्प र प्रतिवद्धतासहित यो १२ बुँदे साझा घोषणापत्र जारी गर्दछौं ।
- राज्य पुनर्संरचना भई सहकारी नियमनमा तहगत व्यवस्था भएकोमा स्थानीय तह, प्रदेश र संघमा कानुनी संहितालाई व्यवस्थित र साकोसमैत्री बनाउन संघको अगुवाई र पहलमा आ–आफ्नो स्थानबाट क्रियाशिलतापूर्वक भूमिका निर्वाह गर्नेछौं ।
- सहकारी ऐन २०७४ ले व्यवस्था गरेको स्थिरीकरण कोषलाई कानुनीरुपमा अभियानको जोखिम व्यवस्थापन गर्न सक्ने तहमा
पु¥याउन संघले गर्ने बहस पैरवीमा ऐक्यवद्धता जनाउँदै संघले निर्धारण गरे बमोजिम कोषमा आवद्ध हुन हामी प्रतिवद्ध छौं । - सदस्यको बचत तथा शेयर सुरक्षाको लागि सञ्चालन हुने सुरक्षण कोषको प्रभावकारी सञ्चालनका लागि पैरवी गर्दै आवद्धताको लागि प्रतिवद्ध छौं ।
- साकोस एकरुपता प्रणाली कार्यान्वयनको लागि संघको अगुवाईमा नीति, विधि र प्रविधिको अवलम्बन गर्दै सुशासित ढंगबाट सञ्चालन गर्न र सञ्जालमा आवद्ध नभएका संस्थाहरुको आवद्धताको लागि अभिप्रेरित गर्न प्रतिवद्ध छौं ।
- साकोस क्षेत्रमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्नको लागि संघको तालिम केन्द्रलाई व्यवस्थितरुपमा विकास एवम् प्रयोग गरी मानव संसाधन बैंक स्थापना गर्न र सो मार्फत साकोसमा आवश्यक जनशक्ति उपयोग गर्न हामी प्रतिवद्ध छौं ।
- साकोस अभियानको राष्ट्रिय स्तरको आधिकारिक साकोस ब्राण्ड (Brand) निर्माण गर्न प्रतिवद्ध छौं ।
- संघले अभ्यासमा ल्याएका जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु (CURBS, PROBATION & ACCESS) मा क्षमताका आधारमा सहभागि हुन प्रतिवद्ध छौं ।
- वित्तीय पहुँच कमजोर भएका वर्ग, समुदाय र क्षेत्रमा पहुँच विस्तार गरी विपन्न वर्गमा उद्यमशिलता, स्वरोजगारी र बचत वृद्धि गराउन प्रतिबद्ध छौं ।
- वित्तीय क्षेत्रमा नविनतम प्रविधिहरुको विकास एवं उपलब्ध प्रविधिहरुको अबलम्बन गर्दै उच्चस्तरको प्रतिस्पर्धी र भरपर्दो विद्युतीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्ध छौं ।
- साकोसको संख्यात्मक सघनताले ल्याएका जोखिम व्यवस्थापन गरी गुणस्तरीय र सक्षम संस्था निर्माणको लागि एकिकरण अभियानलाई अगाडि बढाउन प्रतिवद्ध छौं ।
- सदस्यहरुलाई स्थानीय श्रोतमा आधारित प्रतिस्पर्धी उत्पादनमा लगानी केन्द्रित गर्दै व्यवसाय विकास केन्द्र (BDC) स्थापना गरी बजारीकरण गर्न प्रतिवद्ध छौं ।
- साकोस मार्फत प्रदान गरिने सेवालाई मानव जीवन, सामुहिक समृद्धि र ब्रह्माण्ड प्रति जिम्मेवार बनाई दीगो विकास लक्ष्य प्राप्तिमा योगदान गर्न प्रतिवद्ध छौं ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार