१४ भदौ २०८३, आईतवार

तेस्रो साकोस शिखर गोष्ठी सुरु

२०७५ जेठ २४, बिहिबार
तेस्रो साकोस शिखर गोष्ठी सुरु

nef
काठमाडौं । 
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा तेस्रो साकोस शिखर गोष्ठी राजधानीको सोल्टी होटलमा सुरु भएको छ ।
‘समावेशी आर्थिक विकास : साकोस एकरुपताका लागि कानुनी संहिताको पुनर्सरचना’ भन्ने मूल नाराका साथ सुरु भएको गोष्ठी शुक्रबारसम्म चल्नेछ । गोष्ठीमा विभिन्न जिल्ला र एशियाका विभिन्न मुलुकका सहकारीका अग्रज सहित करिब ६ सय जनाको सहभागिता रहेको छ ।
बिहीबार ‘साकोस अभियानको उपलब्धि, एकरुपता प्रणाली र कार्यदिशा’, ‘साकोस संचालनमा स्तरीकरण, ब्राण्ड निर्माण र व्यवस्थापन’, ‘वित्तिय सहकारीहरुमा जोखिम सुपरिवेक्षण, आन्तरीक नियन्त्रण र नियमित अनुगमनको संयन्त्र विकास’, ‘समावेशी आर्थिक विकास, वित्तिय शिक्षा पहुँच अभिवृद्धि र अवसरहरु’ र ‘विद्यमान नयाँ सहकारी ऐन, सहकारीको प्रवद्र्धन नियमन र क्षमता विकासमा तहगत व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत भएका थिए ।
त्यस्तै गोष्ठीको दोस्रो दिन ‘वित्तिय सहकारीमा स्थिरीकरण कोष, सुरक्षित अभियानको परिकल्पना’, ‘प्रविधि र पहुँच, सहकारीकालागि भरपर्दो विद्युतिय वित्त’, ‘समग्र विकासमा सहकार्य र योगदान, दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’, ‘साकोस एकिकरण, अवसर र अभियानको आवश्यकता’, ‘सहकारी मार्फत उत्पादन, बजारिकरण र प्रतिस्पर्धी स्थानको अवधारणा सम्भावना र चुनौती’ र ‘सहकारीहरुमा प्रभावकारी मानवश्रोत व्यवस्थापन, सम्भावना र चुनौती’ विषयमा कार्यपत्र प्रतुती र छलफल हुनेछ । नेफ्स्कूनले हरेक तीन÷तीन वर्षमा साकोस शिखर गोष्ठी गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय