सहकारी व्यवसायतर्फ उन्मुख हुनुपर्छ : ओमदेवी मल्ल

डडेल्धुरा । राष्ट्रिय सहकारी महासंघको आयोजनामा डडेल्धुरामा सहकारीले महिला तथा युवाको सशक्तिकरणमा पारेको प्रभाव विषयक अन्तक्रिया सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रदेश ७ का प्रदेश सभा सदस्य माननिय कर्णबहादुर मल्लले गरेका थिए । सहकारी विभागको सहयोग र जिल्ला बचत तथा ऋण सहकारी संघ डडेल्धुराको संयोजनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य मल्लले प्रदेश ७ को अगामी ३० जेठमा आउन लागेको बजेटमा सहकारीलाई प्राथमिकतामा राखिएको बताउँदै समृद्ध मुलुक निर्माणका लागि सहकारी मोडेललाई आत्मसाथ गर्नुपर्ने बताए । ‘समृद्ध भनेकै बेरोजगारबाट रोजगारतर्फ, अभावबाट पूर्णतातर्फ जानु हो । त्यसैले यो सबैलाई सम्बोधन गर्नका लागि सहकारीको योगदान र भूमिका महत्वपूर्ण छ,’ उनले भने । आर्थिक समृद्धि पत्येक घर/घरबाट र महिलाबाट शुरु हुनुपर्ने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले प्रदेश र स्थानीय तहमा निर्माण हुने सहकारी ऐन सहकारीमैत्री भएको खण्डमा मात्र सहकारीले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आम समुदायको जीवनस्तरमा योगदान दिन सक्ने बताईन । स्थानीय तथा प्रदेशले आफ्ना प्रत्येक गतिविधिमा सहकारीकर्मीको सहभागीता गराउनुपर्नेमा जोड दिइन । उनले प्रदेश २ र ७ नम्बरमा सहकारीको प्रवद्र्धन, विकास र प्रशिक्षणको आवश्यकता महसुर गरेर नै राष्ट्रिय सहकारी महासंघले यी क्षेत्रमा कार्यक्रम गरिरहेको जानकारी दिइन।
सहकारी क्षेत्रमा महिलाको सहभागीता उत्साहजनक रहेको र उनीहरुलाई उद्यमी बनाउनका लागि सहकारीले योगदान दिन सक्ने बताईन । ‘महिला शसक्तिकरणका लागि महिला आर्थिक रुपमा दह्रो हुनै पर्छ । त्यसका लागि सहकारीमार्फत व्यवसायतर्फ उन्मुख हुनुपर्छ । महिला शसक्त हूँदा पत्येक घर बलियो हुने भएकाले पनि महिलालाई फोकस गर्नुपर्छ’ ओमदेवीले भनिन्।
कार्यक्रममा पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्डमा निर्वाचित हुनुभएको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ललाई सम्मान गरेको थियो । साथै डडेल्धुराका सात वटै स्थानीय तहका निर्वाचित जन प्रतिनिधिहरुलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । सो कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सहकारीकर्मीसहित २ सयभन्दा बढिको सहभागीता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार