साकोस शिखर गोष्ठीको हुँदै, एकरुपता प्रणालीमा जोड

काठमाडौं । आउँदो जेठ २४ र २५ गते साकोस शिखर गोष्ठी हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा गोष्ठी हुने भएको हो ।
नेफ्स्कुनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी गोष्ठीको तयारी पुरा भएको जानकारी दिएको छ । ‘समावेशी आर्थिक विकास ः साकोस एकरुपताका लागि कानुनी संहिताको पुनर्सरचना’ भन्ने मूल नाराका साथ गोष्ठीको आयोजना हुन लागेको हो ।
नेफ्स्कुनले देशभरका बचत सहकारीको एकरुपता प्रणालीमा जोड दिदैँ तेस्रो साकोस शिखर गोष्ठी गर्न थालेको हो । गोष्ठीले साकोसका उपलब्धिको साझा मञ्चहरुको विकास गर्ने, आवश्यक ज्ञान, सीप र प्रविधिको हस्तान्तरण तथा अबलम्बन गर्ने, साकोसमा उच्चतम प्रविधि र औजारहरुको विकास गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
सो अवसरमा बोल्दै साकोस शिखर गोष्ठी–२०७५ का संयोजक परितोष पौड्यालले गोष्ठीले जोखिममा आधारित अनुगमन, एकीकरण र अभियानको सुरक्षाका लागि स्थिरीकरण कोषका बारेमा बृहत कार्ययोजना तयार पार्ने बताए । सदस्यको गुणस्तरीय जीवन र सामावेशी आर्थिक विकासमा साकोसको भूमिका बढाउन गोष्ठी केन्द्रीत हुने उनको भनाई थियो ।
सो अवसरमा बोल्दै नेफ्स्कूनका अध्यक्ष डिबी बस्नेतले पहिलो र दोस्रो गोष्ठीको करिब ९० प्रतिशत एजेन्डा पूरा भएको बताए । उनले गोष्ठीपश्चात मन्त्रालयको सहकार्यमा सहकारीमा लेखा परीक्षण मापदण्ड लागू गरिने बताए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीकृष्ण मैनालीले बैंक तथा वित्तीय संस्थाले भन्दा पनि सहकारीले रचनात्मक काम गरेको बताए । स्थानीय तहको क्षमता बढाउँदै सहकारीमार्फत आर्थिक विकासमा जोड दिइने उनले बताए । उनले ७७ जिल्लामध्ये ७२ जिल्लामा सहकारी हस्तान्तरण भइसकेको जानकारी दिए ।
नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले गोष्ठीमा ६२० जना सहकारीकर्मीको सहभागिता हुने बताए । गोष्ठीमा अस्टे«ेलियालगायतका विभिन्न देशका सहकारीकर्मीको पनि उपस्थिति हुने भएको छ । सोल्टी होटलमा हुने गोष्ठीले साझा घोषणापत्र जारी गर्ने भएको छ ।
गोष्ठीमा साकोस अभियानको उपलब्धि ः एकरुपता प्रणाली र व्यवस्थापन, वित्तीय सकारीहरुमा जोखिम सुपरीवेक्षण ः आन्तरिक नियन्त्रण र नियमित अनुगमनको संयन्त्र विकास, समावेशी आर्थिक विकास ः वित्तीय शिक्षा, पहुँच अभिवृद्वि र अवसरहरु विषयमा कार्यपत्र प्रस्तुत हुने छ । त्यस्तै नयाँ सहकारी ऐन ः सहकारीको प्रवद्र्वन, नियमन र क्षमता विकासका तहगत व्यवस्था, वित्तीय सहकारीमा स्थिरीकरण कोष ः सुरक्षित अभियानको कल्पना, प्रविधि र पहुँच ः सहकारीका लागि भरपर्दो वित्त, समग्र विकासमा सहकार्य र योगदान ः दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी, साकोस एकीकरण ः अवसर र अभियानको आवश्यकता, सहकारीमार्फत उत्पादन, बजारीकरण र प्रतिष्पर्धी स्थानको अवधारणा ः सम्भावना र चुनौती, सहकारीहरुमा प्रभावकारी मानवश्रोत व्यवस्थापन ः सम्भावना र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत हुने भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
