चन्द्रागिरि सहकारीले सुरु गर्यो मोबाइल सेवा र १०० दिने आवधिक बचत

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले मोबाइल सेवा र १०० दिने ‘आवधिक बचत’ जेठ ११ गते एक कार्यक्रम आयोजना गरि शुभारम्भ गरेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सेवासँग सम्बन्धित जानकारी मुलक फ्लेक्स बोर्डमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाल, संस्थापक अध्यक्ष यादव हुमागाई, राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक मुकुन्द प्रसाद दहाल, संस्थाको प्राविधिक साझेदार हाम्रो टेक्नोलोजीका निर्देशक विष्णु महर्जन तथा फिनासोल आई सोलुसन्सका प्रबन्ध निर्देशक रत्नकुमार गिरी लगायत सञ्चालक समिति, लेखा सुपरिपेक्षण समिति, विभिन्न उप समितिहरु तथा सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रविधिको प्रयोग सँगै प्रविधिले ल्याउने विभिन्न जोखिमहरु प्रति सजग रहनु पर्ने कुरामा प्रमुख अतिथि शिवजी सापकोटाले जोड दिएका थिए ।
संस्थाका अध्यक्ष शिवशंकर मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको संक्षिप्त जानकारी सञ्चालक शरद कुँवरले गराएका थिए ।
कार्यक्रममा सुरु भएको १०० दिने आवधिक बचतमा सदस्यहरुले उल्लेखनीय सहभागिता जनाएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
