२२ कात्तिक २०८३, आईतवार

उपासना सहकारीले सुरु गर्यो ‘सहकारी स्टोर’

२०७५ जेठ २, बुधबार
उपासना सहकारीले सुरु गर्यो ‘सहकारी स्टोर’

32545698_2000460756692011_7222203974575718400_n
 
काठमाडौं । सितापाइला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले ‘उपासना सहकारी स्टोर’ सञ्चालनमा ल्याएको छ ।
सदस्यहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु विक्रि गर्ने उद्देश्यका साथ स्टोर सञ्चालनमा ल्याएको संस्थाकी अध्यक्ष अमरावती बलामी (महर्जन)ले बताईन ।
सहकारीमा आवद्ध सम्पूर्ण सदस्यका घरमा आवश्यक पर्ने खाद्य सामग्री होलसेल मूल्यमा उपलब्ध गराउने उनले बताईन ।
आवश्यक परेको सामग्री फोनमार्फत अडर गर्न सकिने र सहकारीका कर्मचारीले घरमै सामग्री पु¥याईदिने व्यवस्था संस्थाले मिलाएको छ ।
उक्त सामन विक्रि गरेर आएको नाफलाई सदस्य हितकोषमा राखिने अध्यक्ष बलामीले बताईन ।
32738286_2000460743358679_3189416969975627776_n

अभिलेख

लोकप्रिय