२२ कात्तिक २०८३, आईतवार

सहकारी हकहित समाजमा पुनः खतिवडा

२०७५ वैशाख ३१, सोमबार
सहकारी हकहित समाजमा पुनः खतिवडा

sahakari hakhit

काठमाडौं । मुलुकमा सहकारी अभियानको गुणात्मक विकास र प्रवद्र्धनका लागि राज्य र सहकारी अभियानकाबीच समन्वयकारी भूमिका निर्वाह गर्ने मूल उद्देश्यका साथ स्थापित सामाजिक संस्था सहकारी हकहित राष्ट्रिय समाजले दोश्रो वार्षिक साधारण सभाले अध्यक्षमा पुनः अर्जुन खतिवडा चयन भएका छन् ।

आगामी दुई वर्षका लागि चयन गरेको संचालक समितिको उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा ऋिषिराम ढकाल र कोषाध्यक्षमा सुशिल चौधरी रहेका छन् । त्यसैगरी समितिका सदस्हरुमा मोहन कुमार मैनाली, केदार बाँस्कोटा र मान बहादुर के.सी. रहेका छन् ।

समाज सहकारी क्षेत्रले झेल्दै आएका नीतिगत, कानूनी र व्यवहारिक कठीनाईहरुको सरलीकरण गर्नुका साथै सम्भावित विकृति र विसंगतिलाई न्यूनिकरण गर्दै अभियानलाई मर्यादित र व्यवस्थित बनाउन क्रियाशील छ ।

अभिलेख

लोकप्रिय