२२ कात्तिक २०८३, आईतवार

विकू बचतद्वारा दिर्घकालिन छात्रवृती र टेक्ने लठ्ठी वितरण

२०७५ वैशाख ३१, सोमबार
विकू बचतद्वारा  दिर्घकालिन छात्रवृती र टेक्ने लठ्ठी वितरण

vyccu11

गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्थाले शनिबार बालबालिका, युवा तथा वृद्धवृद्धा लक्षित संयुक्त कार्यक्रम सम्पन्न गरेको छ ।
कालिका मन्दिर कालिका आश्रम गैंडाकोटमा विकू दिर्घकालिन छात्रवृती वितरण, विकू टेक्ने लठ्ठी वितरण र सिपमुलक तालिम समापन संयुक्त विशेष समारोह बीच सम्पन्न गरेको हो ।

कार्यक्रममा ४० जना विद्यार्थीलाई १ वर्षका लागि आवश्यक छात्रवृती विकूको लोगो अंकित झोला, ड्रेस, कपि, कलम तथा आवश्यक टाई, बेल्ट जुत्ता खरिद तथा शुल्कका लागि नगद हस्तान्तरण ग¥यो । त्यस्तै ३ महिने ईलेक्ट्रिसियन तालिमका सहभागी ५० जना तथा १५ दिने बाख्रापालन तथा कृषि तालिमका सहभागी २० जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै विकूका ४६ जना वृद्धवृद्धालाई विकु मेरो साहरा अंकित लठ्ठी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै यसियाली ऋण महासंघका अध्यक्ष ऋषिराज घिमिरेले बिकू सहकारीको खुलेर प्रशंसा गरे । उनले एक्सेस ब्रान्ड प्राप्त गर्न सफल विकू जस्तै सहकारीका कारण यशियाली ऋण महासंघमा नेपालले नेतृत्व पाएको र शिर उचो गर्न पाएको उल्लेख गरे । साथै उनले सहकारीहरु जहिले पनि सदस्य केन्द्रित बन्नुपर्ने बताउँदै अब सदस्य सुरक्षाका लागि जिवन बिमा लगायतका क्रियाकलाप गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष खेमराज सापकोटा, विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिका अध्यक्ष गोपिनाथ खरेल, गैंडाकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नवराज कंडेल, राष्ट्रिय सहकारी संघका पुर्व सञ्चालक तथा हाल जिल्ला सञ्चालक केशवप्रसाद सापकोटा, आईडियल ईन्जिनियरिङ कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अरुण अर्याल, समाजसेवी यमुनाथ आचार्य, विकूका सञ्चालक, संस्थापक सदस्य लगायतको उपस्थिती रहेको थियो ।

अभिलेख

लोकप्रिय