२२ कात्तिक २०८३, आईतवार

दुई अन्तर्राष्ट्रिय कार्यक्रममा सहकारी बैंकको सहभागिता

२०७५ वैशाख २९, शनिवार
दुई अन्तर्राष्ट्रिय कार्यक्रममा सहकारी बैंकको सहभागिता

gc

ललितपुर | ICA-AP (International Cooperative Alliance-Asia Pacific) र NACF (National Agricultural Cooperative Federation- Korea) को संयुक्त आयोजनामा हुन लागेको कोरियामा कृषि सहकारी प्रणाली विषयक कार्यशालामा र CICTAB र NICD (National Institute of Cooperative Development- SriLanka) को आयोजनामा हुन लागेको Exposure Visit Program मा बैंकले सहभागिता जनाएको छ |

मे १४ देखि १९ सम्म कोरियाको सिउलमा हुन लागेको उक्त कार्यशालामा बैंकको संचालक राम बहादुर जीसिले तथा हिलटप जुनार बहुउद्देशीय सहकारी संस्थाका सुमन बिक्रम थापाले सहभागिता जनाउनेछन् । उक्त कार्यशालामा मुलत कोरियामा कृषि सहकारी प्रणाली तथा विकासक्रम र यसको बजारीकरण सम्बन्धी कार्यपत्रको प्रस्तुतिकरण तथा अध्ययन भ्रमण रहेको छ ।

यसै गरि मे १५ देखि १८ सम्म पोलगोल्ला श्रीलंकामा हुन लागेको Exposure Visit मा बैंकको संचालक ज्ञान बहादुर तामाङ्ग तथा अन्य दुई सहकारी संस्थाका प्रतिनिधिले सहभागिता जनाउनु हुनेछ ।

यस कार्यक्रममा श्रीलंकाको सहकारी विकास तथा विभिन्न सहकारीको स्थलगत भ्रमण रहेको छ ।

अभिलेख

लोकप्रिय