सुत्केरी भत्ता उपलब्ध गराउँदै सहकारी

कञ्चनपुर । महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले महिला सदस्यलाई सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।
सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउन र सुत्केरी हुँदा लाग्ने खर्चको अभाव हुन नदिन सहकारीले भत्ताको व्यवस्था गरेको हो । महिला सदस्यलाई दुई पटक सुत्केरी भत्ताबापत रु एक हजारका दरले रकम उपलबध गराउँदै आएको सहकारीका प्रबन्ध सञ्चालक गणेश चन्दले बताए ।
‘हालसम्म एक हजार ६३ सुत्केरी महिलालाई रु छ लाख ३१ हजार उपलब्ध गराएका छौं’,उनले भने । सहकारीको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय र शाखा कार्यालयका रुपमा रहेका बेलौरी, झलारी, दोधारा–चाँदनी, कृष्णपुर र दैजीमा आबद्ध महिलालाई भत्ता उपलब्ध गराइँदै आएको छ ।
यसैगरी, बाढीपीडित र आगलागीबाट क्षति ब्यहोरेका सदस्यलाई रु एक लाख ३२ हजार तथा काजक्रिया खर्च बापत रु छ लाख ७५ हजार प्रदान गरेको चन्दले बताए । सामाजिक उत्तरदायित्वतर्फ अञ्चल बालअनाथालयलाई रु एक लाख एक हजार, निङ्गलाशैनी भगवती सेवा समाजको एम्बुलेन्स खरीदका लागि रु २२ हजार, पत्रकार महासंघको भवन निर्माणका लागि रु ५५ हजार तथा ब्याडमिन्टन प्रतियोगिताका लागि समेत उदयदेव सहकारीले रु २१ हजार सहयोग गरेको छ ।
निम्न आयस्रोत भएका सदस्यका छोराछोरीलाई प्रत्येक शाखाबाट पाँच–पाँच जनालाई गरी ३२ जनालाई नगद वार्षिक छात्रवृत्ति र ११२ जनालाई शैक्षिक सामग्री उपलब्ध गराइएको प्रबन्ध सञ्चालक चन्दले बताए । विसं २०५६ मा स्थापना भएको उक्त सहकारीमा हाल २३ हजार २०७ शेयर सदस्य आबद्ध छन् । उदयदेव सहकारीको शेयर पूँजी रु छ करोड ४६ लाख ३१ हजार, बचत रु ४२ करोड १३ लाख ६७ हजार तथा कर्जा लगानी रु ७३ करोड २५ लाख ६१ हजार रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
