चितवनमा सहकारी बैंकको शाखा, पहिलो दिनमै ३२ करोड निक्षेप संकलन

चितवन । नेपालमा सहकारीको उद्गमस्थलका रुपमा रहेको चितवनमा सहकारीहरुको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा स्थापना भएपछि चितवनका सहकारीहरु उत्साहित भएका छन् ।
सहकारी संघ संस्थाहरुको प्रवद्र्धनका लागि स्थापित सहकारी बैंकको शाखा स्थापनाका लागि धेरै लामो समयदेखि प्रयत्न गरिरहेका चितवनका सहकारीकर्मीहरु सोमबार बैंकको शाखा स्थापनापछि हर्षित भएका हुन् । चितवनका करिब ७ सय वटा सहकारीले वार्षिक १५ अर्बभन्दा बढीको कारोबार गर्दछन र सहकारीहरुको बैंक नभएका कारण अहिलेसम्म सबै निजी बैंकमा कारोबार गर्दै आएको भन्दै सहकारीका अगुवाहरुले अब सहकारी बैंकमार्फत नै कारोबार गर्ने प्रतिवद्धता जनाएका छन ।
राष्ट्रिय सहकारी बैंकको भरतपुर शाखाको प्रदेश नं. ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सोमबार उद्घाटन गरेका हुन् ।
नारायणगढको सहिदचोकमा रहेको शाखा कार्यालय सञ्चालनको पहिलो दिनमै चितवन र नवलपुरको गैडाकोटका सहकारीहरुले ३२ करोडभन्दा बढी निक्षेप जम्मा गरेका छन् । सहकारी संघ संस्थाका प्रतिनिधिहरुले नियमित कारोबारका साथै संस्थामा रहने तरलताको रकम सहकारी बैंकमा जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवन्ध सञ्चालक के.बी. उप्रेती र लेखा समितिका संयोजक कुलचन्द्र अधिकारीले बैंकको अवस्था, आगामी कार्ययोजना र सहकारीहरुसंगको सहकार्य लगायतका विषयमा जानकारी गराए ।
मुख्य शाखासहित ४५ स्थानबाट सदस्य सहकारी संघ संस्थाहरुलाई सेवा प्रदान गर्न लागेको बैंकमा १४ अर्ब निक्षेप, ११ अर्ब लगानी र १६ अर्बको कुल कारोबार रहेको प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए । चालु आर्थिक वर्षमा ७ वटा शाखा थप हुने भएकाले १ अर्ब भन्दा बढी कारोबार वृद्धि हुने उनले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
