सदस्य हित र सामाजिक कार्यमा नेचुरल सहकारी

काठमाडौं । काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिकोत्सवको अवसरमा अपांग बालबालिकालाई सहयोग गरेको छ ।
संस्थाले गोकर्ण स्थित अपांग पुर्नस्थापना केन्द्र नेपालका ५५ जना बालबालिकालाई खाद्यान्न, लत्ता कपडा, स्टेशनरी लगायतका विभिन्न जिन्सी सामग्री प्रदान गरेको हो । विगत ५ वर्षदेखि संस्थाको वार्षिकोत्सवको अवसरमा निरन्तर सहयोग गर्दै आएको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए । नेचुरल सहकारी बचत तथा ऋणको मात्र कारोबारमा मात्र केन्द्रित नभई सामाजिक कार्यमा समेत अग्रसर रहेको पाठकले बताए । संस्थाले ट्राफिक जनचेतनामूलक कार्यक्रम, रक्तदान, धुम्रपान विरुद्ध जनचेतना, विविध जागरण लगायतका विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको उनको भनाई छ ।
सदस्यको आर्थिक, सामाजिक एवम् सांस्कृतिक उद्देश्य परिपूर्ति गर्ने उद्देश्यका साथ २०६५ वैशाख २४ गते नेचुरल सहकारी संस्था स्थापना भएको थियो । संस्थाले जोरपाटी, साँखु र नयाँ बजारमाबाट सदस्यहरुलाई बचत, ऋण, रेमिट्यान्स लगायतका सुविधा उपलब्ध गराउदै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
