सहारा र शिखर साकोस सहकारी बैंकद्वारा पुरस्कृत

विर्तामोड । राष्ट्रिय सहकारी बैंकले उत्कृष्ट कारोबार गरे वापत झापाका दुईवटा सहकारी संस्थालाई पुरस्कृत गरेको छ।
झापाको विर्तामोडमा मुख्य कार्यालय रहेका सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई बैंकले आइतबार विर्तामोडमा सम्मान गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा ध्यान नदिएको बताए । मन्त्री आङबोले छिटो नाफा कमाउने उद्धेश्यले विदेशमा तयार भएको बस्तु विक्रीमा मात्र निजी क्षेत्रको ध्यान गएको बताए।
उनले अब सहकारीहरुले उत्पादनमूलक काममा लाग्नुपर्ने बताए। सहकारीहरु उद्यगसंग जोडिनै पर्ने उनको भनाइ थियो।
मन्त्री आङबोले भने, ‘सहकारीहरुले रोजगारीको वातावरण सिर्जना गरेर धेरै युवालाई विदेश पलायन हुनबाट रोकेको छ। तर अब उत्पादन बढाएर व्यापार घाटा कम गर्नमा सहकारीहरुले योगदान पुर्याओस्।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार