फिदिममा पुग्यो राष्ट्रिय सहकारी बैंक, अन्य ६ नयाँ शाखा छिट्टै

पाँचथर । देशभरका सहकारी संघ/संस्थाको प्रवद्र्धनका क्षेत्रमा क्रियाशिल राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४१ औ शाखा शुक्रबारदेखि पाँचथर जिल्लाको फिदिम बजारमा सञ्चालनमा आएको छ ।
पाँचथर रताप्लेजुङ जिल्लाका सहकारी संघ संस्थाहरुबीच कारोबार गर्ने योजनाका साथ बैंकको शाखा सञ्चालन गरिएको बैंकका अध्यक्ष रमेश पोखरेलले बताए ।
शाखाको उद्घाटन कार्यक्रममा बोल्दै उनले आर्थिक समृद्धिका लागि सहकारी अभियान प्रभावकारी माध्यम भएकाले राज्यले विपन्न वर्गका जनताका लागि छुट्याएको बजेट सहकारी बैंकमार्फत परिचालन गर्नु पर्नेमा जोड दिए ।
सहकारी आम जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण अंगका रुपमा स्थापित भएकाले यसलाई थप व्यवस्थित गराउँदै राज्यको बजेट लक्षित वर्गमा पु¥याउनका लागि सहकारी क्षेत्रलाई परिचालन गर्न उनले आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका संयोजक विष्णु सापकोटाले समृद्धिका लागि सहकारी क्षेत्रको विकल्प नभएको दाबी गरे । स्थानीय स्रोत र साधनको अधिकतम परिचालनका लागि सहकारी क्षेत्रलाई प्रभावकारी परिचालनका लागि तीन वटै तहका सरकारले ध्यान दिनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्ने वक्ताले पाँचथर लगायत देशको आर्थिक विकासका लागि राज्यले स्पष्ट नीति बनाएर सहकारी अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ, पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारी, नेपाली कांग्रेसका सभापति नरेन्द्र कुमार केरुङ, जिल्ला सहकारी सहकारी संघ पाँचथरका अध्यक्ष इन्द्रनारायण ढकाल, जिल्ला सहकारी संघ ताप्लेजुङका अध्यक्ष तामन सिग्देल, पाँचथर उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द ढकाल, ग्लोवल आइएमई बैंकका शाखा प्रमुख अनन्त आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बैंकको स्थापना, वर्तमान अवस्था र आगामी कार्ययोजनाका बारेमा बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेती र सहकारीमा शिक्षा तथा तालिमको महत्वका बारेमा बैंकका सञ्चालक सरिता भट्टराईले जानकारी गराएका थिए ।
कार्यक्रममा पाँचथर र ताप्लेजुङका विभिन्न विषयका सहकारी संघ संस्थाका १ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पाँचथरका ११ सय र ताप्लेजुङका २५ गरी हाल १ सय २५ सहकारी संघ संस्थाहरु सदस्य रहेको बैंकले दुबै जिल्लाका सहकारीहरुको प्रवद्र्धनमा योगदान गर्ने लक्ष्य लिएको छ ।
राष्ट्रिय सहकारी बैंकले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट यस आर्थिक वर्षमा ७ वटा थप शाखा सञ्चालनको अनुमति पाएको छ । धनकुटाको धनकुटार बजार, सर्लाही जिल्लाको हरिवन, महोत्तरी जिल्लाको बर्दिवास, चितवन जिल्लाको भरतपुर, नवलपरासी जिल्लाको कावासोती र नवलपुर जिल्लाको बर्दघाटमा यसै आर्थिक वर्षमा शाखा उद्घाटन गरिने बैंकले जनाएको छ ।
मुख्य शाखा सहित ४५ स्थानबाट सदस्य सहकारी संघ संस्थाहरुलाई सेवा प्रदान गर्न लागेको आएको बैंकमा १४ अर्ब निक्षेप, ११ अर्ब लगानी र १६ अर्बको कुल कारोबार रहेको प्रवन्ध सञ्चालक उप्रेतीले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार