१५ भदौ २०८३, सोमबार

६१ औं सहकारी दिवसमा प्रतिभा साकोसको रक्तदान कार्यक्रम

२०७४ चैत १७, शनिवार
६१ औं सहकारी दिवसमा प्रतिभा साकोसको रक्तदान कार्यक्रम

Ramhari sir

काठमाडौं । प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. (प्रतिभा साकोस) लगानखेलको संयोजनमा आयोजित रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् ।

६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहकारीकर्मी, सहकारी संस्थाका कर्मचारी र स्थानीय उपस्थित रहेको प्रतिभा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामहरी बजगाईले बताए । ललितपुरको मंगलबजारमा बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान भएको थियो ।

raktadan

कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ। आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो’ अध्यक्ष रामहरी बजगाईले भने, ‘सहकारी संस्था रक्तदान जस्ता सामाजिक कार्यमा समेत क्रियाशिल रहुनपर्दछ ।’ रक्तदानमा सहभागीलाई अध्यक्ष बजगाईले प्रमाणपत्र वितरण गरेका थिए ।

६१ औं राष्ट्रिय सहकारी दिवस ललितपुरमा विविध कार्यक्रम गरी भनाइरहेको छ ।

raktadan2

अभिलेख

लोकप्रिय